YouVersion लोगो
खोज आइकन

मत्ती 15:1-11

मत्ती 15:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यरूशलेमबाट आएका फरिसीहरू र शास्‍त्रीहरू येशूकहाँ आए, र भने, “तपाईंका चेलाहरूले पुर्खाहरूको परम्‍परा किन भङ्ग गर्दछन्? किनकि तिनीहरू खान अघि आफ्‍ना हात धुँदैनन्‌।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू पनि किन आफ्‍ना परम्‍पराको खातिर परमेश्‍वरका आज्ञा भङ्ग गर्दछौ? किनभने परमेश्‍वरले भन्‍नुभएको छ, ‘आफ्‍ना बुबा र आमाको आदर गर, र बुबा वा आमाको विरुद्धमा दुष्‍ट कुरा जसले बोल्‍छ, त्‍योचाहिँ निश्‍चय मारिनुपर्छ। तर तिमीहरूचाहिँ भन्‍दछौ, जसले आफ्‍ना बुबा वा आमालाई भन्‍छ, ‘तपाईंले मबाट जे प्राप्‍त गर्न सक्‍नुहुन्‍थ्‍यो, सो परमेश्‍वरलाई चढ़ाइएको छ,’ त्‍यसले आफ्‍ना बाबुको आदर गर्नुपर्दैन। यसरी तिमीहरूले आफ्‍नो परम्‍पराको खातिर परमेश्‍वरको वचनलाई बेकम्‍मा गराएका छौ। ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढ़ा छ। तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌’।” उहाँले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सुन र बुझ। जे मुखभित्र पस्‍तछ, त्‍यसले मानिसलाई अशुद्ध पार्दैन। तर जे मुखबाट बाहिर निस्‍कन्‍छ, त्‍यसैले मानिसलाई अशुद्ध पार्छ।”

शेयर गर्नुहोस्
मत्ती 15 पढ्नुहोस्

मत्ती 15:1-11 पवित्र बाइबल (NERV)

त्यसपछि केही फरिसीहरू र शास्त्रीहरू येशूकहाँ आए। तिनीहरू यरूशलेमबाट आएका थिए तिनीहरूले भने, “तपाईंका चेलाहरूले किन हाम्रा पुर्खाहरूले बनाएको नियमहरू भङ्ग गर्दछन्? खानभन्दा अघि तिनीहरू हात धुँदैनन्।” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू पनि किन आफ्ना परम्पराको निम्ति परमेश्वरको आज्ञा भङ्ग गर्दछौ? परमेश्वरले भन्नु भएको छ, ‘आफ्ना बाबु र आमाको आदर गर।’ फेरि उहाँले भन्नु भएको छ, ‘जसले आफ्ना बाबु अनि आमालाई अपमान गर्छ त्यसलाई मार्नुपर्छ।’ तर तिमीहरू जसले म बाट तपाईंले जे पाउने सक्नु हुन्थ्यो त्यो परमेश्वरलाई चढाईएको छ भनी आफ्ना आमा-बाबुलाई भन्छौ उसले उनीहरूलाई आदर गरिरहनु पर्दैन भन्ने शिक्षा दिन्छौ। तिमीहरू त्यस मानिसलाई आफ्नो पिताको आदर गर्नु पर्दैन् भन्छौ। यसरी तिमीहरू आफ्नो नियमका निम्ति परमेश्वरको आदेशलाई एकातिर पन्छाउँछौ। तिमीहरू कपटीहरू हौ। यशैयाले तिमीहरूको बारेमा सही बोले। यशैयाले भनेका थिए: ‘यी मानिसहरू मलाई मुखले आदर गर्छौं भन्छन् तर तिनीहरूको हृदय मदेखि टाढा छ। तिनीहरूले मलाई अर्पण गरेको आराधना व्यर्थ छ। तिनीहरूले आफैंले रचेका नियमहरू मात्रै पालन गर्न सिकाउँछन्।’” येशूले मानिसहरूलाइ आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरूलाई केही भन्छु। सुन र यसलाई बुझ। जे-जति कुरा मुखभित्र पस्छ, त्यसले मानिसहरूलाई अशुद्ध गराँउदैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसहरूलाई अशुद्ध तुल्याउँछ।”

शेयर गर्नुहोस्
मत्ती 15 पढ्नुहोस्

मत्ती 15:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब यरूशलेमबाट केही फरिसी र व्यवस्थाका शिक्षकहरू येशूकहाँ आएर सोधे, “तपाईंका चेलाहरूले किन पुर्खाहरूका परम्परा भङ्ग गर्दछन्? तिनीहरूले खानअगि आफ्ना हात धुँदैनन्।” येशूले जवाफ दिनुभयो, “तिमीहरूले चाहिँ किन आफ्ना परम्पराका निम्ति परमेश्‍वरको आज्ञा भङ्ग गर्छौ? किनकि परमेश्‍वरले भन्‍नुभएको छ, ‘आफ्ना बुबाआमालाई आदर गर’, अनि ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’ तर तिमीहरू, कुनै मानिसले आफ्ना बुबा वा आमालाई, ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो परमेश्‍वरलाई चढाइसकिएको छ’ भन्यो भने, त्यसले ‘आफ्ना बुबा वा आमाको आदर’ गर्नुपर्दैन भन्छौ। यसरी तिमीहरूले आफ्ना परम्पराका निम्ति परमेश्‍वरको आज्ञालाई व्यर्थको तुल्याउँछौ। ए कपटीहरू हो! तिमीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए: “ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय मदेखि टाढा छ। तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्; तिनीहरूको शिक्षा मानवीय नियम मात्र हुन्।’” अनि येशूले भीडलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “सुन र बुझ। जे मानिसको मुखबाट भित्र पस्छ, त्यसले उसलाई अशुद्ध पार्दैन; तर जे उसको मुखबाट बाहिर निस्कन्छ, त्यसले उसलाई अशुद्ध पार्छ।”

शेयर गर्नुहोस्
मत्ती 15 पढ्नुहोस्

मत्ती 15:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

केही फरिसी र धर्म-गुरुहरू यरूशलेम सहरबाट आएर येशूलाई सोधे, “तपाईंका चेलाहरूले पिता-पुर्खादेखि चलिरहेका रीतिथितिहरू किन मान्‍दैनन्? तिनीहरूले खानुअघि हात धुने रीति पनि पूरा गर्दैनन्।” येशूले जवाफ दिनुभयो, “अनि तिमीहरूचाहिँ किन परमेश्‍वरको धार्मिक आज्ञा भङ्ग गरेर आफ्‍नै रीतिथितिमा भुलिरहन्‍छौ? जस्‍तो, परमेश्‍वरको यो आज्ञा छ, ‘आफ्‍ना आमा-बुबाको आदर गर्नू अनि आफ्‍ना आमा-बुबालाई सराप्‍नेलाई चाहिँ ज्‍यान सजाय दिनू।’ तर तिमीहरूले भन्‍छौ– कसैले आफ्‍ना आमा-बुबालाई ‘हेर्नुहोस् तपाईंहरूलाई दिनुपर्ने कुरा मैले परमेश्‍वरलाई चढाइसकें’ भन्‍यो भने उसले चाहिँ आफ्‍ना आमा-बुबाको सेवा गर्नुपर्दैन। यसरी तिमीहरू आफ्‍नै रीतिथितितिर लागेर परमेश्‍वरको आज्ञालाई बेकामको ठान्‍छौ। हे कपटीहरू हो! यशैया अगमवक्ताले भनेको यो कुरा तिमीहरूलाई ठ्याक्‍कै मिल्‍छ– ‘मुखले भने यी मानिसहरूले मलाई खुब आदर गर्छन्! तर तिनीहरूको मनचाहिँ मदेखि धेरै टाढा छ। तिनीहरूले मलाई पुजेको त व्‍यर्थै छ किनभने तिनीहरूले खालि मानिसले बनाएको नियमहरू मात्रै सिकाउँछन्’।” त्‍यसपछि येशूले मानिसहरूको धुइरोलाई बोलाएर भन्‍नुभयो, “मेरो कुरा मन लगाएर सुन, मुखबाट भित्र पस्‍ने कुराले मानिसलाई अशुद्ध पार्ने होइन, उसको मुखबाट बाहिर निस्‍कने कुराले उसलाई अशुद्ध पार्छ।”

शेयर गर्नुहोस्
मत्ती 15 पढ्नुहोस्