यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू येशूकहाँ आए, र भने, “तपाईंका चेलाहरूले पुर्खाहरूको परम्परा किन भङ्ग गर्दछन्? किनकि तिनीहरू खान अघि आफ्ना हात धुँदैनन्।” उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू पनि किन आफ्ना परम्पराको खातिर परमेश्वरका आज्ञा भङ्ग गर्दछौ? किनभने परमेश्वरले भन्नुभएको छ, ‘आफ्ना बुबा र आमाको आदर गर, र बुबा वा आमाको विरुद्धमा दुष्ट कुरा जसले बोल्छ, त्योचाहिँ निश्चय मारिनुपर्छ। तर तिमीहरूचाहिँ भन्दछौ, जसले आफ्ना बुबा वा आमालाई भन्छ, ‘तपाईंले मबाट जे प्राप्त गर्न सक्नुहुन्थ्यो, सो परमेश्वरलाई चढ़ाइएको छ,’ त्यसले आफ्ना बाबुको आदर गर्नुपर्दैन। यसरी तिमीहरूले आफ्नो परम्पराको खातिर परमेश्वरको वचनलाई बेकम्मा गराएका छौ। ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढ़ा छ। तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्’।” उहाँले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “सुन र बुझ। जे मुखभित्र पस्तछ, त्यसले मानिसलाई अशुद्ध पार्दैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसलाई अशुद्ध पार्छ।”
मत्ती 15 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 15:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू