यूहन्नाका चेलाहरू गएपछि येशूले मानिसहरूलाई यूहन्नाको बारेमा भन्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गएका थियौ? के हावामा हल्लिरहेको निगालोलाई? होइन भने के हेर्न गएका थियौ त? के राम्रा-राम्रा लुगा लगाएका मानिसलाई? राम्रा-राम्रा लुगा लगाउने मानिस त राजदरबारमा पो बस्छन्। साँच्चै भन त तिमीहरू के हेर्न गएका थियौ? के कुनै अगमवक्तालाई? हो, साँच्चै भनूँ भने तिमीहरूले अगमवक्ताभन्दा पनि ठूलो एक जनालाई देखेका छौ किनभने धर्मशास्त्रमा परमेश्वरले यूहन्नाकै बारेमा यसरी भन्नुभएको छ– ‘हेर, तिम्रो अघि म मेरो दूतलाई पठाउँदै छु अनि उनले तिम्रो बाटो तयार पार्नेछन्।’ “साँच्चै म तिमीहरूलाई भन्छु, बप्तिस्मा दिने यूहन्नाभन्दा ठूलो मानिस जन्मेको छैन। तापनि परमेश्वरको राज्यमा जो सबैभन्दा सानो छ, ऊ यूहन्नाभन्दा पनि ठूलो हुन्छ। बप्तिस्मा दिने यूहन्नाले प्रचार गरेदेखि अहिलेसम्म परमेश्वरको राज्य जोडले अघि बढिरहेको छ अनि विरोध गर्नेहरूले चाहिँ त्यसमाथि जबरजस्तीसँग जित्ने प्रयास गर्दै छन्। बप्तिस्मा दिने यूहन्नाको पालोसम्म मोशाका व्यवस्था र सबै अगमवक्ताहरूले परमेश्वरको राज्यकै बारेमा बोलेका थिए। तिनीहरूले भनेका कुरा विश्वास गर्छौ भने तिनीहरूले आउनेछन् भनेको एलियाचाहिँ यूहन्ना नै हुन्। जसको कान छ त्यसले सुनोस्!
मत्ती 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 11:7-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू