YouVersion लोगो
खोज आइकन

मत्ती 11:7-15

मत्ती 11:7-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अनि तिनीहरू गएपछि येशूले यूहन्‍नाको विषयमा भीड़लाई भन्‍न लाग्‍नुभयो, “तिमीहरू उजाड-स्‍थानमा के हेर्न निस्‍क्‍यौ? के बतासले हल्‍लाइराखेको निगालोलाई? तब तिमीहरू किन निस्‍क्‍यौ? के नरम पोशाक धारण गरेको मानिसलाई हेर्न? नरम पोशाक लाउनेहरू त राजाहरूका भवनमा बस्‍छन्‌। तिमीहरू किन निस्‍क्‍यौ त? के अगमवक्ता हेर्नलाई? हो, म तिमीहरूलाई भन्‍दछु, अगमवक्ताभन्‍दा पनि महान्‌ व्‍यक्तिलाई। यिनी तिनै हुन्‌ जसको विषयमा धर्मशास्‍त्रमा लेखिएको छ, ‘हेर, म आफ्‍नो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो सामुन्‍ने तिम्रो मार्ग तयार गर्नेछ।’ साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, स्‍त्रीबाट जन्‍मेकाहरूमा बप्‍तिस्‍मा-दिने यूहन्‍नाभन्‍दा महान्‌ अरू कोही भएको छैन। तरै पनि स्‍वर्गको राज्‍यमा जो सबैभन्‍दा सानो छ, त्‍यो यिनीभन्‍दा महान्‌ हो। बप्‍तिस्‍मा-दिने यूहन्‍नाको समयदेखि अहिलेसम्‍म स्‍वर्गको राज्‍य जोड़ले अगि बढ़िरहेको छ, अनि शक्तिशाली मानिसहरू बलजफतीसँग यसलाई पक्रन्‍छन्‌। किनकि यूहन्‍नाको समयसम्‍म सबै अगमवक्ताहरू र व्‍यवस्‍थाले अगमवाणी गरे। तिमीहरू ग्रहण गर्न राजी हुन्‍छौ भने, आउनुपर्ने एलिया यिनी नै हुन्‌। जसको सुन्‍ने कान छ, त्‍यसले सुनोस्‌।

शेयर गर्नुहोस्
मत्ती 11 पढ्नुहोस्

मत्ती 11:7-15 नेपाली समकालीन संस्करण (NCV)

यूहन्‍नाका चेलाहरू जब जान लागे, येशूले भीडलाई यूहन्‍नाका विषयमा भन्‍न लाग्नुभयो: “तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्‍लाइरहेको निगालोलाई? यदि होइन भने तिमीहरू के हेर्न गयौ त? के महङ्गो लुगा लगाएको मानिसलाई? होइन, महङ्गो लुगा लाउनेहरू ता राजाका दरबारमा हुन्छन्। त्यसो भए तिमीहरू के हेर्नलाई गयौ त? के अगमवक्‍तालाई? हो, म तिमीहरूलाई भन्दछु, एक अगमवक्‍ताभन्दा पनि महानलाई। यी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: “ ‘म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।’ म तिमीहरूलाई साँच्‍चै भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा कोही पनि बप्‍तिस्मा दिने यूहन्‍नाभन्दा महान् छैन; तापनि स्वर्गको राज्यमा सानोभन्दा सानो पनि तिनीभन्दा महान् हुनेछ। बप्‍तिस्मा दिने यूहन्‍नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य बलपूर्वक अघि बढिरहेको छ, अनि बलजफती गर्नेहरूले यसलाई पक्रिराखेका छन्। किनकि सबै अगमवक्‍ताहरू अनि व्यवस्थाले यूहन्‍नाको समयसम्म अगमवाणी गरे। अनि यदि तिमीहरू यसलाई ग्रहण गर्न राजी छौ भने आउनुपर्ने एलिया तिनी नै हुन्। जसको कान छ, त्यसले सुनोस् र बुझोस्।

शेयर गर्नुहोस्
मत्ती 11 पढ्नुहोस्

मत्ती 11:7-15 पवित्र बाइबल (NERV)

यूहन्नाका चेलाहरू आफ्ना मार्गमा जाँदैथिए, येशूले ती मानिसहरूलाई यूहन्नको बारेमा भन्न लाग्नु भयो। उहाँले भन्नुभयो, “तिमीहरू मरुभुमिमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई? वास्तवमा केको निम्ति तिमीहरू मरूभूमिमा गयौ? राम्रो वस्त्र पहिरने मानिसलाई हेर्न? ती राम्रा-राम्रा वस्त्र पहिरिएर राजमहलहरूमा बस्ने मानिसहरूलाई हो। यदि यसो होइन भने के हेर्नलाई तिमीहरू बाहिर निस्केका हौ? कुनै एक अगमवक्तालाई? हो, म भन्दछु, एक आगमवक्ता भन्दा महान यूहन्ना नै हुन्। यूहन्ना नै एकहुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ: ‘सुन! म आफ्नो दूतलाई तिम्रो अघि-अघि पठाउँनेछु। उसले तिम्रो लागि बाटो तयार गरिदिनेछ।’ “म तिमीहरूलाई साँच्चो भन्दछु बप्तिस्मा दिने यूहन्ना पृथ्वीमा जन्मेका सबै मानिसभन्दा महान छन्। तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यूहन्नाभन्दा ठूलो हो। बप्तिस्मा दिने यूहन्नाको समयदेखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ र बलजफत गर्नेहरू जबरजस्ती खोस्छन्। सबै अगमवक्ताहरू र मोशाको व्यवस्थाले यूहन्ना समेत को समय नआउन्जेल पछि हुन आउने कुराहरूको विषयमा अगमवाणी गरेका छन्। यदि अगमवक्ता र व्यवस्थाले भनेका कुरामा तिमीहरू विश्वास गर्छौ भने, यूहन्नानै एलिया हो भनेर पनि तिमीहरूले विश्वास गर्नेछौ। व्यवस्था र अगमवक्ताहरूले उहाँ आउँनुहुन्छ भनेका छन्। मेरो कुरा सुन्न सक्ने तिमीहरूले यी कुराहरू सुन।

शेयर गर्नुहोस्
मत्ती 11 पढ्नुहोस्

मत्ती 11:7-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यूहन्‍नाका चेलाहरू गएपछि येशूले मानिसहरूलाई यूहन्‍नाको बारेमा भन्‍नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गएका थियौ? के हावामा हल्‍लिरहेको निगालोलाई? होइन भने के हेर्न गएका थियौ त? के राम्रा-राम्रा लुगा लगाएका मानिसलाई? राम्रा-राम्रा लुगा लगाउने मानिस त राजदरबारमा पो बस्‍छन्। साँच्‍चै भन त तिमीहरू के हेर्न गएका थियौ? के कुनै अगमवक्तालाई? हो, साँच्‍चै भनूँ भने तिमीहरूले अगमवक्ताभन्दा पनि ठूलो एक जनालाई देखेका छौ किनभने धर्मशास्‍त्रमा परमेश्‍वरले यूहन्‍नाकै बारेमा यसरी भन्‍नुभएको छ– ‘हेर, तिम्रो अघि म मेरो दूतलाई पठाउँदै छु अनि उनले तिम्रो बाटो तयार पार्नेछन्।’ “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, बप्‍तिस्‍मा दिने यूहन्‍नाभन्दा ठूलो मानिस जन्‍मेको छैन। तापनि परमेश्‍वरको राज्‍यमा जो सबैभन्दा सानो छ, ऊ यूहन्‍नाभन्दा पनि ठूलो हुन्‍छ। बप्‍तिस्‍मा दिने यूहन्‍नाले प्रचार गरेदेखि अहिलेसम्‍म परमेश्‍वरको राज्‍य जोडले अघि बढिरहेको छ अनि विरोध गर्नेहरूले चाहिँ त्‍यसमाथि जबरजस्‍तीसँग जित्‍ने प्रयास गर्दै छन्। बप्‍तिस्‍मा दिने यूहन्‍नाको पालोसम्‍म मोशाका व्यवस्था र सबै अगमवक्ताहरूले परमेश्‍वरको राज्‍यकै बारेमा बोलेका थिए। तिनीहरूले भनेका कुरा विश्‍वास गर्छौ भने तिनीहरूले आउनेछन् भनेको एलियाचाहिँ यूहन्‍ना नै हुन्। जसको कान छ त्‍यसले सुनोस्!

शेयर गर्नुहोस्
मत्ती 11 पढ्नुहोस्