YouVersion लोगो
खोज आइकन

लूका 7:36-43

लूका 7:36-43 सरल नेपाली

एक जना फरिसीले येशूलाई खान बोलाए। येशू गएर उनको घरभित्र पसेर खान बस्‍नुभयो। सहरकी एउटी पापी स्‍त्रीले येशू फरिसीको घरमा खान आउनुभएको छ भन्‍ने कुरा सुनिन्। उनी एउटा सिङ्गमरमरको भाँडाभरि अत्तर लिएर त्‍यही घरमा नै आइपुगिन्। तिनी पछाडिबाट आएर येशूको पाउनेर उभिंदै रुन लागिन् र आँसुको धाराले येशूको पाउ धोइदिइन्। उहाँको पाउ कपालले पुछ्तै म्‍वाइँ खाएर अत्तर खन्‍याइदिइन्। यो देखेर येशूलाई बोलाउने फरिसीले मनमनै भने, “यदि येशू साँच्‍चै अगमवक्ता हुन् भने त उनलाई छुने स्‍त्री कस्‍ती खालकी पापी स्‍त्री हो भनी जान्‍नेथिए।” त्‍यतिखेर येशूले ती फरिसीलाई भन्‍नुभयो, “सिमोन, मैले तिमीलाई केही कुरा भन्‍नुपर्छ।” तिनले भने, “आज्ञा होस्, गुरुज्‍यू!” सुन, “कुनै मानिसका दुई जना असामी थिए। एउटाले पाँच सय चाँदीको सिक्‍का अनि अर्कोले पचास चाँदीको सिक्‍का लिएका थिए। तिनीहरू कसैले पनि ऋण तिर्न नसकेकाले साहूले दुवैलाई ऋण माफ गरिदिए। अब भन त, कुनचाहिँले साहूलाई बढ्ता माया गर्ला?” सिमोनले भने, “मेरो विचारमा बढ्ता माफ पाउनेले।” येशूले भन्‍नुभयो, “तिमीले ठीक भन्‍यौ।”

लूका 7 पढ्नुहोस्