लूका 7:36-43
लूका 7:36-43 पवित्र बाइबल (NERV)
फरिसीहरूमध्ये एकले येशू सँगै बसेर खानु निम्त्याए। उनी फरिसीको घरमा गए अनि खानु बसे। त्यो शहरमा एउटी पापी स्त्री थिई। त्यसले येशूलाई फरिसीको घरमा खाना खाएको थाहा पाई। त्यसले एउटा सिंगमरमरको भाँडामा केही सुगन्धितबस्तु लिएर आई। त्यो येशूको पछि चरण छेउमा रुँदैं उभिइ। त्यसले आफ्नो आँसुले येशूको चरण भिजाउनु थाली। त्यसले चरणमा म्वाँई खाई अनि सुगन्धित खनाइदिई। त्यो फरिसी जसले पनि यी सब देखे। उसले मनमनै सोचे, “यदि यो मानिस अगमवक्ता हुँदो हो, उसले जान्ने थियो कि त्यो स्त्री जसले उसको पाऊ छुइरहेकी छे ऊ को हो अनि कुन स्तरकी हो? किनभने त्यो पापीनी हो।” येशूले फरिसीलाई भन्नुभयो, “शिमोन, तिमीलाई मैले केही भन्नु छ।” शिमोनले भने, “तपाईंले मलाई के भन्नु चाहनुहुन्छ? गुरूज्यू!” येशूले भन्नुभयो, “त्यहाँ दुइजना मानिस थिए। दुवैले एउटै साहुकार ऋण लिएका थिए। तिनीहरू मध्ये एकजनाले 500 चाँदीको सिक्का लिएका थिए। अर्काले 50 चाँदीको सिक्का लिएका थिए। तिनीहरूकोमा त्यत्ति पैसा थिएन, यसले गर्दा तिनीहरू ती दुवैले ऋण चुक्ता गर्न सकेनन्। तर साहूकारले ती दुवैको ऋण मोचन गरिदियो। ती दुइजनाहरूमध्ये कसले त्यो साहुकारलाई धेरै माया गर्थ्यो होला?” शिमोनले भन्यो, “मेरो विचारमा जसले धेरै ऋण लगेको थियो त्यसलै उहाँलाई धेरै माया गर्थ्यो होला।” येशूले शिमोनलाई भन्नुभयो, “तिम्रो कुरा ठीक हो।”
लूका 7:36-43 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक जना फरिसीले येशूलाई खान बोलाए। येशू गएर उनको घरभित्र पसेर खान बस्नुभयो। सहरकी एउटी पापी स्त्रीले येशू फरिसीको घरमा खान आउनुभएको छ भन्ने कुरा सुनिन्। उनी एउटा सिङ्गमरमरको भाँडाभरि अत्तर लिएर त्यही घरमा नै आइपुगिन्। तिनी पछाडिबाट आएर येशूको पाउनेर उभिंदै रुन लागिन् र आँसुको धाराले येशूको पाउ धोइदिइन्। उहाँको पाउ कपालले पुछ्तै म्वाइँ खाएर अत्तर खन्याइदिइन्। यो देखेर येशूलाई बोलाउने फरिसीले मनमनै भने, “यदि येशू साँच्चै अगमवक्ता हुन् भने त उनलाई छुने स्त्री कस्ती खालकी पापी स्त्री हो भनी जान्नेथिए।” त्यतिखेर येशूले ती फरिसीलाई भन्नुभयो, “सिमोन, मैले तिमीलाई केही कुरा भन्नुपर्छ।” तिनले भने, “आज्ञा होस्, गुरुज्यू!” सुन, “कुनै मानिसका दुई जना असामी थिए। एउटाले पाँच सय चाँदीको सिक्का अनि अर्कोले पचास चाँदीको सिक्का लिएका थिए। तिनीहरू कसैले पनि ऋण तिर्न नसकेकाले साहूले दुवैलाई ऋण माफ गरिदिए। अब भन त, कुनचाहिँले साहूलाई बढ्ता माया गर्ला?” सिमोनले भने, “मेरो विचारमा बढ्ता माफ पाउनेले।” येशूले भन्नुभयो, “तिमीले ठीक भन्यौ।”
लूका 7:36-43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फरिसीहरूमध्ये एक जनाले उहाँलाई भोजन गर्न निम्तो दिए, र उहाँ त्यस फरिसीको घरमा गएर खान बस्नुभयो। त्यस सहरमा एउटी पापी स्त्री थिई। फरिसीको घरमा येशू खान बस्नुभएको छ भन्ने सुनेर, र एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिएर त्यो त्यहाँ आई, र पछिल्तिरबाट उहाँका पाउनेर उभिएर, रुँदै उहाँका पाउ आँसुले भिजाउन लागी, र आफ्नो शिरका कपालले पुछ्दै उहाँका पाउलाई चुम्बन गरी, र त्यो अत्तर घस्न लागी। उहाँलाई निम्तो गर्ने फरिसीले यो देखेर मनमनै यसो भन्न लागे, “यिनी अगमवक्ता हुँदा हुन् ता यिनलाई छुने को र कस्ती स्त्री हो भनी यिनले जान्नेथिए, किनकि यो त पापीनी हो।” येशूले त्यस फरिसीलाई भन्नुभयो, “ए सिमोन, तिमीलाई केही भन्नु छ।” तिनले भने, “गुरुज्यू, भन्नुहोस्।” “कोही साहूकारका दुई ऋणीहरू थिए, एउटाले पाँच सय रुपियाँ र अर्काले पचास रुपियाँ ऋण लिएका थिए। तर तिनीहरूसित तिर्ने केही नहुँदा तिनले दुवैलाई माफी दिए। यसकारण भन त, यी दुईमध्ये कुनचाहिँले तिनलाई बढ़ी प्रेम गर्नेछ?” सिमोनले भने, “म ठान्छु, जसले बढ़ी क्षमा पायो।” उहाँले तिनलाई भन्नुभयो, “तिमीले ठीकै विचार गरेका छौ।”
लूका 7:36-43 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक जना फरिसीले येशूलाई आफूसँग भोजनका लागि निम्तो दिए। उहाँ ती फरिसीको घरमा गएर खान बस्नुभयो। जब त्यस सहरमा पापमय जीवन बिताइरहेकी एउटी स्त्रीले येशू ती फरिसीको घरमा भोजनमा बस्नुभएको छ भन्ने सुनी, तब सिङ्गमरमरको एउटा भाँडोमा अत्तर लिएर ऊ त्यहाँ आई। अनि उहाँको पछिल्तिरबाट उहाँका पाउनिर उभिएर रुँदै उसले उहाँका पाउ आफ्नो आँसुले भिजाउन थाली। त्यसपछि उसले आफ्नै कपालले उहाँका पाउहरू पुछी। अनि चुम्बन गर्दै ती पाउहरूमा अत्तर घसी। उहाँलाई निम्तो दिने फरिसीले यो देखेर मनमनै भने, “यदि यिनी अगमवक्ता हुँदाहुन् त यिनलाई कसले छुँदैछ, र यो कस्ती चरित्रकी स्त्री हो भनी थाहा पाउनेथिए; किनकि यो त पापी स्त्री हो।” येशूले तिनलाई जवाफ दिनुभयो, “सिमोन, मैले तिमीलाई केही कुरा भन्नु छ।” तिनले भने, “गुरुज्यू, भन्नुहोस्।” “एउटा साहूबाट दुई जनाले ऋण लिएका थिए: एक जनाले पाँच सय र अर्कोले पचास दिनार। तिनीहरू कसैसँग ऋण तिर्नलाई केही पनि थिएन; त्यसैले तिनले ती दुवै जनाका ऋण माफी गरिदिए। अब लौ भन, ती दुईमध्ये कुन चाहिँले तिनलाई बढी प्रेम गर्ला?” सिमोनले जवाफ दिए, “मेरो विचारमा बढी ऋण माफी पाउनेले।” येशूले भन्नुभयो, “तिमीले ठिक विचार गर्यौ।”