YouVersion लोगो
खोज आइकन

लूका 7:36-43

लूका 7:36-43 NNRV

फरिसीहरूमध्‍ये एक जनाले उहाँलाई भोजन गर्न निम्‍तो दिए, र उहाँ त्‍यस फरिसीको घरमा गएर खान बस्‍नुभयो। त्‍यस सहरमा एउटी पापी स्‍त्री थिई। फरिसीको घरमा येशू खान बस्‍नुभएको छ भन्‍ने सुनेर, र एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिएर त्‍यो त्‍यहाँ आई, र पछिल्‍तिरबाट उहाँका पाउनेर उभिएर, रुँदै उहाँका पाउ आँसुले भिजाउन लागी, र आफ्‍नो शिरका कपालले पुछ्‌दै उहाँका पाउलाई चुम्‍बन गरी, र त्‍यो अत्तर घस्‍न लागी। उहाँलाई निम्‍तो गर्ने फरिसीले यो देखेर मनमनै यसो भन्‍न लागे, “यिनी अगमवक्ता हुँदा हुन्‌ ता यिनलाई छुने को र कस्‍ती स्‍त्री हो भनी यिनले जान्‍नेथिए, किनकि यो त पापीनी हो।” येशूले त्‍यस फरिसीलाई भन्‍नुभयो, “ए सिमोन, तिमीलाई केही भन्‍नु छ।” तिनले भने, “गुरुज्‍यू, भन्‍नुहोस्‌।” “कोही साहूकारका दुई ऋणीहरू थिए, एउटाले पाँच सय रुपियाँ र अर्काले पचास रुपियाँ ऋण लिएका थिए। तर तिनीहरूसित तिर्ने केही नहुँदा तिनले दुवैलाई माफी दिए। यसकारण भन त, यी दुईमध्‍ये कुनचाहिँले तिनलाई बढ़ी प्रेम गर्नेछ?” सिमोनले भने, “म ठान्‍छु, जसले बढ़ी क्षमा पायो।” उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले ठीकै विचार गरेका छौ।”