“तर धिक्कार, अहिले धनी हुनेहरू हो! किनभने तिमीहरूले सुखको जीवन बिताइसक्यौ। धिक्कार, अहिले अघाउनेहरू हो! किनभने तिमीहरू भोकै रहनेछौ। धिक्कार, अहिले हाँस-खेल गर्नेहरू हो, किनभने तिमीहरूले दु:ख पाउनेछौ र रोइ-कराइ गर्नेछौ। धिक्कार, अहिले मानिसको प्रशंसा पाउनेहरू हो किनभने यस्तो प्रशंसा त ती मानिसहरूका पिता-पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई पनि दिएका थिए। “तर मेरा शिक्षा सुन्ने तिमीहरूलाई म भन्छु, शत्रुहरूलाई प्रेम गर अनि आफूलाई हेला गर्नेलाई भलाइ गर। तिमीहरूलाई सराप्नेहरूलाई आशीर्वाद देओ। तिमीहरूलाई कसैले नराम्रो गर्छ भने उसको भलाइको लागि प्रार्थना गर। कसैले तिमीलाई एउटा गालामा हिर्काउँछ भने अर्को गाला पनि थापिदेओ। तिम्रो कोट लान खोज्नेलाई कमिज पनि लान देओ। माग्नेहरूलाई देओ, लानेहरूसँग फिर्ता नमाग। अरूले तिमीहरूलाई जे गरिदिएको चाहन्छौ, त्यही नै तिमीहरूले पनि अरूहरूलाई गर। “माया गर्नेहरूलाई मात्र माया गर्छौ भने तिमीहरूलाई के स्याबासी छ? पापीहरूले पनि त आफूलाई माया गर्नेहरूलाई त्यसै गर्छन्। फेरि आफूलाई भलाइ गर्नेहरूलाई मात्र भलाइ गर्छौ भने तिमीहरूले के भलाइ गर्यौ र? पापीहरूले पनि त त्यसै गर्छन्! यदि तिर्न सक्नेलाई मात्र ऋण दिन्छौ भने तिमीहरूलाई के स्याबासी छ र? पापीहरूले पनि त तिर्न सक्ने पापीलाई ऋण दिन्छन्! त्यसो होइन, शत्रुहरूलाई माया गर, सबैको भलाइ गर र ऋण माग्नेहरूलाई फिर्ता लिने आशै नराखी ऋण देओ। त्यसो गर्यौ भने तिमीहरूले ठूलो इनाम पाउनेछौ र तिमीहरू महान् परमेश्वरका सन्तान कहलिनेछौ। परमेश्वरले त बैगुनी र दुष्टलाई पनि दया गर्नुहुन्छ। परमेश्वर पिता जस्तो दयालु हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै दयालु होओ।
लूका 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 6:24-36
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू