YouVersion लोगो
खोज आइकन

लूका 6:24-36

लूका 6:24-36 NNRV

“तर धिक्‍कार, तिमी धनीहरू! किनभने तिमीहरूले आफ्‍नो सुख-चैन पाइसकेका छौ। धिक्‍कार, तिमी अहिले तृप्‍त भएकाहरू! किनभने तिमीहरू भोकाउनेछौ। धिक्‍कार, तिमी अहिले हाँस्‍नेहरू! किनभने तिमीहरू शोक गर्नेछौ र रुनेछौ। धिक्‍कार, तिमीलाई, जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्! किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेथे। “तर तिमी सुन्‍नेहरूलाई म भन्‍दछु, आफ्‍ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर, सराप्‍नेहरूलाई आशीर्वाद देओ, दुर्व्‍यवहार गर्नेहरूका निम्‍ति प्रार्थना गर। तिमीलाई एक गालामा चड्‌काउनेलाई अर्को पनि थापिदेओ, र तिम्रो खास्‍टो खोस्‍नेलाई तिम्रो दौरा पनि लान देओ। तिमीसित माग्‍ने हरेकलाई देओ, र तिम्रो चीजबीज लानेसँग फेरि नमाग। जसो मानिसहरूले तिमीहरूसँग गरून्‌ भन्‍ने तिमीहरू इच्‍छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यसै गर। “तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्‌। तिमीहरूको भलाइ गर्नेहरूलाई भलाइ गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि पापीहरूले पनि त्‍यसै गर्दछन्‌। यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्‍छौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि फेरि उत्ति नै पाउने आशा राखेर पापीहरूले पापीहरूलाई ऋण दिन्‍छन्‌। तर आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्‍चका सन्‍तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्‍वार्थीमाथि कृपालु हुनुहुन्‍छ। तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ।

लूका 6:24-36 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति