त्यसो हुँदा यूहन्नाले सबैलाई भने, “म त तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु। तर मभन्दा ठूला एक जना आउँदै हुनुहुन्छ। म त उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। हेर, उहाँले अन्न निफन्न हातमा नाङ्लो लिइसक्नुभएको छ। निफनेर अन्नचाहिँ भकारीमा थन्क्याउनुहुनेछ, तर भुसचाहिँ कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ।” यस्ता अरू पनि धेरै अर्तीहरू दिँदै यूहन्नाले मानिसहरूलाई सुसमाचार सुनाए। राजा हेरोदले आफ्ना भाइकी जहान हेरोदियासलाई राखेकोमा यूहन्नाले उनलाई हप्काए र उनका अरू धेरै पापहरू पनि देखाइदिए। त्यसो हुँदा हेरोदले यूहन्नालाई थुने र यसरी अझै ठूलो खराब काम गरे। सबै मानिसले बप्तिस्मा लिंदैगर्दा येशूले पनि बप्तिस्मा लिनुभयो र उहाँले प्रार्थना गरिरहँदा स्वर्ग उघ्रियो र पवित्र आत्मा ढुकुरको रूपमा उहाँमाथि ओर्ली आउनुभयो अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्यारा पुत्र हौ, तिमीसँग म धेरै खुसी छु।”
लूका 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 3:16-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू