तब यूहन्नाले ती सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर एक जना मभन्दा शक्तिशाली आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने लायकको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। निफन्ने नाङ्लो उहाँको हातमा छ, जसद्वारा उहाँले आफ्नो खला राम्ररी सफा पार्नुहुनेछ, र गहूँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ, तर भुसचाहिँ उहाँले ननिभ्ने आगोमा जलाउनुहुनेछ।” यसरी अरू धेरै अर्तीहरूद्वारा शिक्षा दिएर यूहन्नाले मानिसहरूलाई सुसमाचार प्रचार गरे। तर शासक हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियासलाई राखेको कारण र तिनले गरेका सबै दुष्कर्मका निम्ति यूहन्नाले तिनलाई हप्काएका थिए। यूहन्नालाई झ्यालखानमा थुनेर तिनले ती सबै दुष्कर्महरूमाथि अझ एउटा दुष्कर्म थपे। जब सबै मानिसहरूले बप्तिस्मा लिए, अनि येशूले पनि बप्तिस्मा लिएर प्रार्थना गरिरहनुभएको थियो, तब स्वर्ग उघ्रियो, र पवित्र आत्मा शारीरिक रूपमा ढुकुरजस्तो उहाँमाथि ओर्लनुभयो। अनि स्वर्गबाट यस्तो एउटा आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु।”
लूका 3 पढ्नुहोस्
सुन्नुहोस् लूका 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 3:16-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू