YouVersion लोगो
खोज आइकन

लूका 3:16-22

लूका 3:16-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब यूहन्‍नाले ती सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर एक जना मभन्‍दा शक्तिशाली आउँदैहुनुहुन्‍छ, जसका जुत्ताको फित्ता खोल्‍ने लायकको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ। निफन्‍ने नाङ्‌लो उहाँको हातमा छ, जसद्वारा उहाँले आफ्‍नो खला राम्ररी सफा पार्नुहुनेछ, र गहूँ आफ्‍नो धनसारमा जम्‍मा गर्नुहुनेछ, तर भुसचाहिँ उहाँले ननिभ्‍ने आगोमा जलाउनुहुनेछ।” यसरी अरू धेरै अर्तीहरूद्वारा शिक्षा दिएर यूहन्‍नाले मानिसहरूलाई सुसमाचार प्रचार गरे। तर शासक हेरोदले आफ्‍नो भाइकी पत्‍नी हेरोदियासलाई राखेको कारण र तिनले गरेका सबै दुष्‍कर्मका निम्‍ति यूहन्‍नाले तिनलाई हप्‍काएका थिए। यूहन्‍नालाई झ्‍यालखानमा थुनेर तिनले ती सबै दुष्‍कर्महरूमाथि अझ एउटा दुष्‍कर्म थपे। जब सबै मानिसहरूले बप्‍तिस्‍मा लिए, अनि येशूले पनि बप्‍तिस्‍मा लिएर प्रार्थना गरिरहनुभएको थियो, तब स्‍वर्ग उघ्रियो, र पवित्र आत्‍मा शारीरिक रूपमा ढुकुरजस्‍तो उहाँमाथि ओर्लनुभयो। अनि स्‍वर्गबाट यस्‍तो एउटा आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।”

शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्

लूका 3:16-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब यूहन्‍नाले तिनीहरू सबैलाई जवाफ दिँदै भने, “म त तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु; तर मभन्दा शक्तिशाली एक जना आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जत्तिको योग्यको पनि म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ। उहाँको खला सफा गर्न उहाँको निफन्‍ने नाङ्लो उहाँकै हातमा छ, र उहाँले गहुँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ; तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोले जलाउनुहुनेछ।” अनि अरू पनि यस्तै वचनद्वारा यूहन्‍नाले मानिसहरूलाई शिक्षा दिए र तिनीहरूलाई सुसमाचार प्रचार गरे। तर जब हेरोदले आफ्नै भाइकी पत्नी हेरोदियासलाई राखेका कारण र उनले गरेका सबै दुष्कर्मका कारण यूहन्‍नाले उनलाई हप्काए, तब यूहन्‍नालाई झ्यालखानामा थुनेर हेरोदले सबै दुष्कर्महरूमाथि अझै एउटा दुष्कर्म थपे। जब धेरै मानिसहरूले बप्‍तिस्मा लिइरहेका थिए, तब येशूले पनि बप्‍तिस्मा लिनुभयो। अनि उहाँले प्रार्थना गर्दै गर्नुहुँदा स्वर्ग उघ्रियो। अनि पवित्र आत्मा एउटा ढुकुरझैँ शारीरिक रूपमा उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।”

शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्

लूका 3:16-22 पवित्र बाइबल (NERV)

यूहन्नले प्रत्येकलाई उत्तर दिए, “म तीमीहरूलाई पानीद्वार बप्तिस्मा दिन्छु तर म पछि जुन एकजना आउनु हुनेछ उहाँले मैले भन्दा धेरै महान कार्य गर्न सक्नु हुन्छ। म उहाँको जुत्ताको फिता मात्र पनि खोल्ने योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा गर्नु हुनेछ। उहाँ खला सफा पार्न तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नालाइ भूसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नलाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाइदिनु हुनेछ।” त्यसपछि तिनले मानिसहरूलाई धेरै अरू कुराहरूले उत्साह दिए अनि सुसमाचारहरू उनीहरूलाई भने। यूहन्नाले सुसमाचाहरू लगातार सुनाउन थाले। हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियाससँग अनैतिक सम्बन्ध राखेकोले यूहन्नाले शासक हेरोदलाई झपारेका थिए, हेरोदले गरेको अरू पनि धेरै दुष्ट कार्यहरूका निम्ति यूहन्नाले उसलाई झपारेका थिए। हेरोदले त्यस्तै नराम्रो काम गरेको थियो उसले यूहन्नालाई झ्यालखानामा पनि थुनेको थियो। हेरोदले गरेको नराम्रो कामहरूमा यो एउटा थप हो। जब सबै मानिसहरूलाई बप्तिस्मा गराइयो, येशू पनि आउनु भयो अनि बप्तिस्मा लिनु भयो। येशूले प्रार्थना गरिरहनुभएको बेला आकाश खोलियो। अनि शारीरिक रूपमा ढुकुर झैं उहाँमाथि पवित्र आत्मा आउनुभयो। त्यसपछि स्वर्गबाट एउटा आवाज आयो, “तिमी मेरा पुत्र हौ अनि म तिमीलाई प्रेम गर्छु। म तिमीसँग अत्यन्त आनन्दित छु।”

शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्

लूका 3:16-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसो हुँदा यूहन्‍नाले सबैलाई भने, “म त तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिन्‍छु। तर मभन्दा ठूला एक जना आउँदै हुनुहुन्‍छ। म त उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैन। उहाँले तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ। हेर, उहाँले अन्‍न निफन्‍न हातमा नाङ्लो लिइसक्‍नुभएको छ। निफनेर अन्‍नचाहिँ भकारीमा थन्‍क्‍याउनुहुनेछ, तर भुसचाहिँ कहिल्‍यै ननिभ्‍ने आगोमा जलाउनुहुनेछ।” यस्‍ता अरू पनि धेरै अर्तीहरू दिँदै यूहन्‍नाले मानिसहरूलाई सुसमाचार सुनाए। राजा हेरोदले आफ्‍ना भाइकी जहान हेरोदियासलाई राखेकोमा यूहन्‍नाले उनलाई हप्‍काए र उनका अरू धेरै पापहरू पनि देखाइदिए। त्‍यसो हुँदा हेरोदले यूहन्‍नालाई थुने र यसरी अझै ठूलो खराब काम गरे। सबै मानिसले बप्‍तिस्‍मा लिंदैगर्दा येशूले पनि बप्‍तिस्‍मा लिनुभयो र उहाँले प्रार्थना गरिरहँदा स्‍वर्ग उघ्रियो र पवित्र आत्‍मा ढुकुरको रूपमा उहाँमाथि ओर्ली आउनुभयो अनि स्‍वर्गबाट यस्‍तो आवाज आयो, “तिमी मेरा प्‍यारा पुत्र हौ, तिमीसँग म धेरै खुसी छु।”

शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्