तिनीहरूले दुई जना अपराधीहरूलाई पनि येशूसँगै मार्न लैजाँदै थिए। तिनीहरू खप्परे भन्ने ठाउँमा आइपुगे। त्यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगेर झुण्ड्याए र ती दुई अपराधीहरूलाई पनि एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ देब्रेपट्टि क्रूसमा टाँगेर झुण्ड्याए। त्यस बेला येशूले भन्नुभयो, “हे पिता! यिनीहरूलाई क्षमा गर्नुहोस् किनभने यिनीहरूले जे गरिरहेका छन्, त्यो यिनीहरूलाई थाहा छैन।” सिपाहीहरूले चिट्ठा हालेर उहाँको लुगा एक-आपसमा बाँडे। मानिसहरूले उभिएर हेरिरहेका थिए र अगुवाहरूले चाहिँ उहाँलाई खिसी गर्दै भने, “हेर, यसले अरूलाई त बचायो। यदि यो परमेश्वरले छानेको मुक्ति दिने राजा ख्रीष्ट नै हो भने आफैंलाई पनि बचाओस्।” सिपाहीहरूले उहाँलाई सिर्का दिएर गिल्ला गर्दै भने, “यदि तँ यहूदीहरूका राजा होस् भने आफैंलाई बचा।” क्रूसमा उहाँको शिरमाथि ‘यो यहूदीहरूका राजा हो’ भनेर लेखिएको फलेक झुण्ड्याइएको थियो। येशूसँगै झुण्ड्याइएका दुई अपराधीहरूमध्ये एउटाले येशूलाई खिसी गर्दै भन्यो, “के तँ नै मुक्ति दिने राजा ख्रीष्ट होइनस्? त्यसो भए तँ आफैंलाई बचा र हामीलाई पनि बचा!” तर अर्को अपराधीले त्यसलाई हप्काउँदै भन्यो, “तिमीलाई परमेश्वरको डर लाग्दैन? तिमीले पनि त उहाँकै जस्तो दण्ड भोगिरहेका छौ। हामीले त नराम्रो काम गरेकोले उचित दण्ड पायौं, तर हेर, उहाँले त कुनै नराम्रो काम गर्नुभएको थिएन।” त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू, तपाईं राजा भएर आउनुहुँदा मलाई पनि सम्झिनुहोस्!” येशूले उनलाई भन्नुभयो, “म तिमीलाई भन्छु, आज नै तिमी मसँग स्वर्गमा हुनेछौ।” मध्यदिन भएको थियो। त्यही समयदेखि तीन बजेसम्म देशभरि अँध्यारो भयो। घामले पनि उज्यालो दिएन। तीन बजेतिर मन्दिरभित्र टाँगिएको पर्दा दुई भाग भएर च्यातियो। अनि ठूलो सोरले येशू कराउनुभयो, “हे पिता, म मेरो आत्मालाई तपाईंकै हातमा सुम्पँदै छु।” यति भनेर उहाँले प्राण त्याग्नुभयो।
लूका 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 23:32-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू