YouVersion लोगो
खोज आइकन

लूका 17:1-4

लूका 17:1-4 सरल नेपाली

येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै मानिसलाई पापमा फसाउने कुराहरू त आइपर्दछन्। तर धिक्‍कार, अरूलाई पापमा फसाउने मानिसलाई! जसले यी सानाभन्दा सानाहरूलाई पापमा पार्छ, त्‍यसलाई त घिच्रोमा जाँतो झुण्‍ड्याइदिएर समुद्रमा फालिदिनु बेस हुनेछ। यसकारण होश राख! “तिम्रो भाइले पाप गरेको छ भने उसलाई सम्‍झाऊ। उसले आफ्‍नो पापलाई मानेर छोड्यो भने उसलाई माफ देओ। तिम्रो भाइले तिम्रो विरोधमा दिनमा सातपल्‍ट पाप गर्छ अनि उसले सातैपल्‍ट आफ्‍नो पापलाई मानेर छोड्यो भने उसलाई माफ देओ।”

लूका 17 पढ्नुहोस्