YouVersion लोगो
खोज आइकन

लूका 17:1-4

लूका 17:1-4 NNRV

येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “पाप गर्न लाउने परीक्षाहरू निश्‍चय आउँछन्‌। तर धिक्‍कार त्‍यस मानिसलाई, जसद्वारा ती आउँछन्‌! जुन मानिसले यी सानाहरूमध्‍ये एउटालाई पाप गर्न लाउँछ त्‍यसको गलामा जाँतोको एउटा पाटा झुण्‍ड्याएर त्‍यसलाई समुद्रमा फालिदिनु त्‍यसको निम्‍ति बेस हुनेछ। आफ्‍नो विषयमा होशियार बस। “तिम्रो भाइले अपराध गर्‍यो भने त्‍यसलाई हप्‍काऊ, र त्‍यसले पछुतो गर्‍यो भने तिमीले त्‍यसलाई क्षमा गर। यदि तिम्रो भाइले दिनमा सात पल्‍ट तिम्रो विरुद्धमा अपराध गर्‍यो, र सातै पल्‍ट तिमीकहाँ फर्किआएर ‘म पछुतो गर्छु’ भन्‍यो भने, तिमीले त्‍यसलाई क्षमा गर्नू।”