YouVersion लोगो
खोज आइकन

लूका 15:17-20

लूका 15:17-20 सरल नेपाली

“त्‍यतिखेर पो बल्‍ल उसको चेत खुल्‍यो र उसले भन्‍यो, ‘मेरा बुबाकहाँ नोकरहरूले पेटभरि खाएर उबार्छन् पनि। मचाहिँ यहाँ भोक-भोकै मर्न लागिरहेको छु। अब म बुबाकहाँ गएर भन्‍छु– बुबा, मैले परमेश्‍वर र तपाईंको विरोधमा पाप गरें। अब त मलाई तपाईंको छोरा भन्‍न पनि सुहाउँदैन। तर मलाई दया गरी एक जना नोकरजस्‍तै सम्‍झेर राख्‍नुहोस्।’ त्‍यसपछि ऊ उठेर बुबाकहाँ फर्क्‍यो। “बुबाले उसलाई टाढैबाट आइरहेको देखे। उनको हृदय मायाले भरिएर आयो र उनी छोरालाई भेट्‍न दगुरे र खुसी हुँदै छोरालाई अँगालो हालेर म्‍वाइँ खाए।

लूका 15 पढ्नुहोस्