लूका 15:17-20
लूका 15:17-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जब त्यसको चेत खुल्यो, त्यसले भन्यो, ‘मेरा बाबुका धेरै ज्यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर मचाहिँ भोकले मरिरहेछु। म उठेर आफ्ना बाबुकहाँ जानेछु, र उहाँलाई भन्नेछु, “बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु। अब उप्रान्त म तपाईंको छोरो भनिने योग्यको छैनँ। मलाई तपाईंका ज्यालादारी चाकरहरूमध्ये एउटासरह तुल्याउनुहोस्’।” तब त्यो उठेर आफ्ना बाबुकहाँ गयो। “तर त्यो धेरै टाढ़ा छँदा त्यसका बाबुले त्यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्यसलाई अँगालो हालेर त्यसलाई चुम्बन गरे।
लूका 15:17-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“त्यसको आफ्नो चेत खुलेपछि त्यसले भन्यो, ‘मेरा बुबाका कति धेरै ज्यालादारी सेवकहरूले पेटभरि खाएर उबार्छन् पनि, तर म यहाँ भोकले मर्दैछु! अब म मेरा बुबाकहाँ फर्केर जानेछु, र उहाँलाई भन्नेछु: बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरा भनिने योग्यको छैनँ; मलाई तपाईंका ज्यालादारी सेवकहरूमध्ये एउटासरह बनाउनुहोस्!’ अनि त्यो उठेर आफ्नो बुबाकहाँ गयो। “तर ऊ धेरै टाढामै थियो, तब त्यसका बुबाले त्यसलाई आइरहेको देखेर तिनी त्यसप्रति दयाले भरिए; तब तिनी आफ्नो छोराकहाँ दगुर्दै गई त्यसलाई अँगालो हालेर चुम्बन गरे।
लूका 15:17-20 पवित्र बाइबल (NERV)
“तब उसले आफूलाई मूर्ख भएको अनुभव गर्यो। उसले भन्यो, ‘मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ। तर म यहाँ भोकले मर्न लागेको छु। म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै एकजना नोकर झैं राख्नु होस्।’ यसरी त्यो केटो उठ्यो अनि आफ्नो बाबु भेट्न गयो। “जब निकै पर देखि ऊ आँउदै थियो, त्यसको बाबुले देखे अनि आफ्नो छोरोप्रति बाबुको मनमा खुबै दया जाग्यो। अनि बाबु छोरो भएकहाँ दगुर्दै गएर अँगालो हाले औ म्वाँई खाए।
लूका 15:17-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“त्यतिखेर पो बल्ल उसको चेत खुल्यो र उसले भन्यो, ‘मेरा बुबाकहाँ नोकरहरूले पेटभरि खाएर उबार्छन् पनि। मचाहिँ यहाँ भोक-भोकै मर्न लागिरहेको छु। अब म बुबाकहाँ गएर भन्छु– बुबा, मैले परमेश्वर र तपाईंको विरोधमा पाप गरें। अब त मलाई तपाईंको छोरा भन्न पनि सुहाउँदैन। तर मलाई दया गरी एक जना नोकरजस्तै सम्झेर राख्नुहोस्।’ त्यसपछि ऊ उठेर बुबाकहाँ फर्क्यो। “बुबाले उसलाई टाढैबाट आइरहेको देखे। उनको हृदय मायाले भरिएर आयो र उनी छोरालाई भेट्न दगुरे र खुसी हुँदै छोरालाई अँगालो हालेर म्वाइँ खाए।