YouVersion लोगो
खोज आइकन

लूका 1:26-33

लूका 1:26-33 सरल नेपाली

एलीशिबा गर्भवती भएका छ महिना हुँदा परमेश्‍वरले गब्रिएल स्‍वर्गदूतलाई गालील क्षेत्रको नासरत सहरमा बस्‍ने एउटी कन्‍या केटीकहाँ पठाउनुभयो। दाऊद राजाको कुलमा जन्‍मिएका योसेफ नाउँ गरेका मानिससँग मरियमको विवाह हुने कुरा छिनिसकेको थियो। स्‍वर्गदूतले त्‍यस केटीकहाँ आएर भने, “तिमीलाई परमेश्‍वरको शान्‍ति होस्! प्रभु परमेश्‍वरले तिमीलाई ज्‍यादै अनुग्रह गर्नुभएको छ। उहाँ तिमीसँग हुनुहुन्‍छ।” स्‍वर्गदूतले भनेका कुराले मरियम आतिइन् र बुझ्‍न नसकेर अलमल्‍ल परिरहिन् अनि स्‍वर्गदूतले भने, “मरियम, नडराऊ, परमेश्‍वरले तिमीलाई ठूलो दया गर्नुभएको छ। अब सुन, तिमी गर्भवती हुनेछौ र एउटा छोरा पाउनेछौ। त्‍यो छोराको नाउँ तिमीले येशू राख्‍नू। उहाँ महान् हुनुहुनेछ र उहाँलाई महान् परमेश्‍वरका पुत्र भन्‍नेछन्। प्रभु परमेश्‍वरले उहाँलाई उहाँकै पुर्खा दाऊदजस्‍तै राजा बनाउनुहुनेछ। उहाँले याकूबको वंशमाथि राज्‍य गर्नुहुनेछ र उहाँको राज्‍यको अन्‍त कहिल्‍यै हुनेछैन।”

लूका 1 पढ्नुहोस्