YouVersion लोगो
खोज आइकन

लेवी 4:32-35

लेवी 4:32-35 सरल नेपाली

कुनै मानिसले पापबलिको लागि भेडा चढाउँछ भने त्‍यो निष्‍खोट पाठी हुनुपर्छ। त्‍यसले त्‍यसको टाउकोमा हात राखोस् र वेदीको उत्तरपट्टि, जहाँ होमबलिका पशुहरू काटिन्‍छन्, त्‍यहाँ त्‍यसलाई काटोस्। पूजाहारीले पशुको रगतमा आफ्‍नो औँला चोपेर वेदीका चार कुनाका सिङजस्‍ता चोसाहरूमा रगत लाओस् र बाँकी रगत वेदीको फेदमा खन्‍याओस्। तब त्‍यसको जम्‍मै बोसो मेलबलिमा चढाइएको पशुको बोसो लिएझैँ त्‍यसले लेओस् र त्‍यसलाई परमप्रभुलाई चढाएको अन्‍नबलिसँगै वेदीमाथि जलाओस्। यसरी पूजाहारीले त्‍यस मानिसको पापको निम्‍ति बलि चढाउनेछ र त्‍यसले क्षमा पाउनेछ।

लेवी 4 पढ्नुहोस्