YouVersion लोगो
खोज आइकन

लेवीहरू 4:32-35

लेवीहरू 4:32-35 NNRV

“‘यदि त्‍यसले पापबलिको निम्‍ति भेड़ाका पाठा आफ्‍नो भेटी स्‍वरूप ल्‍यायो भने निष्‍खोट पाठी ल्‍याओस्‌। त्‍यसले पापबलिको टाउकोमा आफ्‍नो हात राखोस्, र जहाँ होमबलिको पशु मारिन्‍छ, त्‍यहीँ नै पापबलिको निम्‍ति त्‍यसलाई मारोस्‌। त्‍यसपछि पूजाहारीले आफ्‍नो औँलाले पापबलिको रगतबाट केही लिएर होमबलिको वेदीका सीङहरूमा लगाऊन्, र त्‍यसको बाँकी रगतचाहिँ वेदीको आधारमा खन्‍याऊन्‌। त्‍यसको सबै बोसो मेलबलिका पाठाको बोसोझैँ त्‍यसले झिकोस्, र पूजाहारीले त्‍यो परमप्रभुको निम्‍ति अग्‍नि-होममाथि वेदीमा जलाऊन्‌। यसरी त्‍यसले गरेको पापको निम्‍ति पूजाहारीले त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछन्, र त्‍यसलाई क्षमा हुनेछ’।”