YouVersion लोगो
खोज आइकन

लेवीहरू 4:32-35

लेवीहरू 4:32-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

कुनै मानिसले पापबलिको लागि भेडा चढाउँछ भने त्‍यो निष्‍खोट पाठी हुनुपर्छ। त्‍यसले त्‍यसको टाउकोमा हात राखोस् र वेदीको उत्तरपट्टि, जहाँ होमबलिका पशुहरू काटिन्‍छन्, त्‍यहाँ त्‍यसलाई काटोस्। पूजाहारीले पशुको रगतमा आफ्‍नो औँला चोपेर वेदीका चार कुनाका सिङजस्‍ता चोसाहरूमा रगत लाओस् र बाँकी रगत वेदीको फेदमा खन्‍याओस्। तब त्‍यसको जम्‍मै बोसो मेलबलिमा चढाइएको पशुको बोसो लिएझैँ त्‍यसले लेओस् र त्‍यसलाई परमप्रभुलाई चढाएको अन्‍नबलिसँगै वेदीमाथि जलाओस्। यसरी पूजाहारीले त्‍यस मानिसको पापको निम्‍ति बलि चढाउनेछ र त्‍यसले क्षमा पाउनेछ।

शेयर गर्नुहोस्
लेवीहरू 4 पढ्नुहोस्

लेवीहरू 4:32-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“ ‘यदि त्यसले आफ्नो पाप शुद्धीकरण बलिको रूपमा एउटा भेडाको पाठी ल्याउँछ भने त्यसले निष्खोट पाठी ल्याओस्। त्यसको शिरमाथि त्यसले आफ्नो हात राखोस् र त्यसलाई पाप शुद्धीकरण बलिको रूपमा होमबलि मारिने ठाउँमा मारोस्। त्यसपछि पुजारीले आफ्नो औँलाले पाप शुद्धीकरण बलिको रगतबाट केही लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्। अनि बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। मेलबलिको भेडाको पाठोबाट बोसो निकालेझैँ त्यसले सबै बोसो झिकोस्। अनि पुजारीले त्यसलाई याहवेहलाई होमबलिको रूपमा चढाइने बलिको रूपमा वेदीमाथिको टुप्पोमा जलाओस्। यस किसिमले पुजारीले त्यसको लागि त्यसले गरेको पापको प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।

शेयर गर्नुहोस्
लेवीहरू 4 पढ्नुहोस्

लेवीहरू 4:32-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“‘यदि त्‍यसले पापबलिको निम्‍ति भेड़ाका पाठा आफ्‍नो भेटी स्‍वरूप ल्‍यायो भने निष्‍खोट पाठी ल्‍याओस्‌। त्‍यसले पापबलिको टाउकोमा आफ्‍नो हात राखोस्, र जहाँ होमबलिको पशु मारिन्‍छ, त्‍यहीँ नै पापबलिको निम्‍ति त्‍यसलाई मारोस्‌। त्‍यसपछि पूजाहारीले आफ्‍नो औँलाले पापबलिको रगतबाट केही लिएर होमबलिको वेदीका सीङहरूमा लगाऊन्, र त्‍यसको बाँकी रगतचाहिँ वेदीको आधारमा खन्‍याऊन्‌। त्‍यसको सबै बोसो मेलबलिका पाठाको बोसोझैँ त्‍यसले झिकोस्, र पूजाहारीले त्‍यो परमप्रभुको निम्‍ति अग्‍नि-होममाथि वेदीमा जलाऊन्‌। यसरी त्‍यसले गरेको पापको निम्‍ति पूजाहारीले त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछन्, र त्‍यसलाई क्षमा हुनेछ’।”

लेवीहरू 4:32-35 पवित्र बाइबल (NERV)

“यदि कसैले उसको पापबलिको निम्ति भेंडा ल्याउँछ भने, तब उसले निष्खोट भेंडाको पाठो ल्याउनु पर्छ। उसले पापबलिको टाउकोमा आफ्नो हात राख्नु पर्छ अनि यसलाई त्यस ठाउँमा मार्नु पर्छ जहाँ होमबलिकालागि बलिदान गरिन्छ। तब पापबलिबाट, पूजाहारीले आफ्नो औंलामा केही रगत लिनु पर्छ अनि होमबलिको वेदीको सींङहरूमा यसलाई राख्नु पर्छ अनि रहल रगतलाई वेदीको अगेनोमा खन्याउनु पर्छ। तब उसले मेलबलि सम्पन्न गरिको थियो, पूजाहारीले पाठोबाट निकाल्नु पर्छ अनि परमप्रभुका लागि भेटीको रूपमा यसलाई जलाउँछ। यसरी पूजाहारीद्वारा त्यस मानिसको प्रायश्चित उसको पापको लागि सम्पन्न हुन्छ अनि त्यो मानिस पाप मुक्त हुनेछ।