एक दिन अमित्तैको छोरो योनासित परमप्रभु बोल्नुभयो। उहाँले भन्नुभयो, “त्यो ठूलो सहर निनवेमा जा र त्यसको विरुद्धमा बोल्। त्यहाँका मानिसहरू कति दुष्ट छन्, त्यो म जान्दछु।” तर योना परमप्रभुदेखि भाग्न विपरीत दिशातिर लागे। उनी योप्पा सहरमा पुगे र त्यहाँ तर्शीशमा जाने एउटा जहाज भेट्टाए। तर्शीश जानलाई भाडा तिरेर तिनी जहाजमा चढे। तर्शीशमा परमप्रभुदेखि टाढा हुनेछु भन्ने उनको विचार थियो। तर परमप्रभुले समुद्रमा ठूलो बतास चलाउनुभयो। समुद्रमा प्रचण्ड आँधी चल्यो र जहाज भत्किने डर भयो। नाविकहरू डराए र मद्दतको लागि आ-आफ्ना देवताहरूलाई पुकार्न थाले। त्यसपछि जहाज नडुबोस् भनी त्यसमा भएका मालमत्ता तिनीहरूले समुद्रमा फाल्न थाले। योनाचाहिँ जहाजको मालसामान राख्ने मुनिको भागमा मस्त निद्रामा थिए। जहाजको कप्तानले तिनलाई त्यहाँ भेटे र भने, “तिमी सुतेर के गर्दै छौ? उठ र आफ्ना परमेश्वरसँग मद्दतको लागि बिन्ती गर। सायद उहाँले हामीलाई टिठ्याउनुहुनेछ र हाम्रो ज्यान बचाइदिनुहुनेछ।”
योना 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: योना 1:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू