परमप्रभुको यो वचन अमित्तैका छोरा योनाकहाँ आयो: “त्यस ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा प्रचार गर्, किनभने त्यसको दुष्ट्याइँ मेरो सामु आएको छ।” तर योना परमप्रभुबाट भागे र तर्शीशतिर लागे। तिनी तल योप्पा सहर गए, र त्यहाँ तिनले तर्शीशमा जाने एउटा जहाज भेट्टाए। परमप्रभुबाट भाग्न तर्शीश जानलाई जहाजमा भाड़ा दिएर तिनी चढ़े। तब परमप्रभुले समुद्रमा एउटा ठूलो बतास चलाउनुभयो, र यस्तो प्रचण्ड आँधी चल्यो कि त्यसले जहाजलाई नष्ट गर्लाजस्तै भयो। सबै नावीकहरू डराए, र प्रत्येकले आफ्नो देवताको पुकारा गर्यो। अनि तिनीहरूले जहाज हलुङ्गो बनाउनलाई व्यापारका मालहरू समुद्रमा फाले। तर योनाचाहिँ जहाजको तल्लो तलामा गएका थिए, र त्यहाँ तिनी भुसुक्क निदाए। जहाजका कप्तान तिनीकहाँ आएर भने, “कसरी सुत्न सकेको! उठेर तिम्रा परमेश्वरलाई पुकारा। शायद उहाँले हाम्रो ख्याल राख्नुहुनेछ र हामी नष्ट हुनेछैनौं।”
योना 1 पढ्नुहोस्
सुन्नुहोस् योना 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: योना 1:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू