अय्यूब, तैँले सर्वशक्तिमान् परमेश्वरसित जोरी खोजिस्। तेरो जिद्दी छोड्छस्? कि जवाफ दिन्छस्? अय्यूब भन्दछन्: मेरो केही मोल छैन, परमप्रभु, म के जवाफ दिन सकूँला? म आफ्नो मुख बन्द गर्दछु। मैले एक चोटि भनिसकें, दुईपल्ट भन्दिनँ। मैले फेरि भन्ने केही कुरा छैनँ। फेरि एक चोटि आँधीको बीचबाट परमप्रभुले अय्यूबलाई यसो भनेर जवाफ दिनुभयो: मर्दझैँ खडा हो र मेरा प्रश्नहरूको जवाफ दे। म न्यायी छैनँ भनी के तँ प्रमाण दिन चेष्टा गर्दै छस्? आफैंचाहिँ ठीक हुनलाई के मलाई गलत बनाउँदछस्?
अय्यूब 40 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूब 40:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू