YouVersion लोगो
खोज आइकन

अय्‍यूब 40:1-8

अय्‍यूब 40:1-8 पवित्र बाइबल (NERV)

परमेश्वरले अय्यूबलाई जवाफ दिंदै भन्नुभयोः “अय्यूब, तिमीले सर्वशक्तिमान परमेश्वरलाई दोषारोपण गरेका छौ। तिमीले गल्ती काम गर्यौ भनेर मलाई दोषी ठान्यौ। अब, त्यो मानिस जसले परमेश्वरलाई सही बनाउन चाहन्छ, मलाई जवाफ देऊ।” तब अय्यूबले परमेश्वरलाई जवाफ दिंदै भनेः “म तपाईंसित बात गर्ने अत्यन्तै तुच्छ हुँ। म तपाईंलाई के भन्न सक्छु? म तपाईंलाई जवाफ दिन सक्तिनँ। म आफ्नो मुखमा हात राखी बस्नेछु। मैले एकपल्ट बोलें, तर म फेरि बोल्ने छैन। मैले दुइपल्ट बोलें, तर अब म केही पनि बोल्ने छैन।” तब फेरि तूफानबाट परमप्रभु परमेश्वर अय्यूबसित बोल्नुभयोः “अय्यूब, आफैंलाई सम्हाल, अनि मैले सोधेको प्रश्नहरूको जवाफ दिन तयार होऊ। “अय्यूब, के तिमी सोच्दछौ कि मैले अन्याय गरेको छु? तिमी भन्छौ कि गल्ती कामहरू गरेर म दोषी भएँ यसकारण तिमी निर्दोष भएर देखा पर्यौ।

शेयर गर्नुहोस्
अय्‍यूब 40 पढ्नुहोस्

अय्‍यूब 40:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

फेरि परमप्रभुले अय्‍यूबलाई भन्‍नुभयो: “सर्वशक्तिमान्‌सँग वाद-विवाद गर्नेले उहाँलाई सच्‍याउन सक्‍छ र? परमेश्‍वरलाई दोष दिनेले उहाँलाई उत्तर देओस्‌।” तब अय्‍यूबले परमप्रभुलाई यसो भनेर जवाफ दिए: “म जाबोले तपाईंलाई के जवाफ दिन सक्‍छु र? म मेरो हात मेरो मुखमा राख्‍दछु। मैले एक पल्‍ट बोलिहालें, तर मसँग जवाफ छैनँ, मैले दुई पल्‍ट बोलें, तर अब अरू बोल्‍ने छैन।” तब परमप्रभुले आँधीबेहरीबाट अय्‍यूबलाई फेरि यसो भनेर जवाफ दिनुभयो: “कम्‍मर कस्, र मर्दझैँ खड़ा हो, म तँलाई प्रश्‍नहरू सोध्‍नेछु, र तैंले तिनको जवाफ दे। “म धर्मी छु भन्‍ने कुरालाई के तँ अस्‍वीकार गर्न साहस गर्दछस्‌? र तँ आफू ठीक हुनलाई मलाई गलत सम्‍झन्‍छस्‌?

अय्‍यूब 40:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहले इयोबलाई भन्‍नुभयो: “के सर्वशक्तिमान्‌सँग तर्क गर्नेले उहाँलाई सुधार गर्न सक्छ? परमेश्‍वरलाई दोष लगाउनेले नै उहाँलाई जवाफ देओस्!” तब इयोबले याहवेहलाई जवाफ दिए: “म अयोग्य छु, म तपाईंलाई कसरी जवाफ दिन सक्छु? म मेरो हातले आफ्नो मुख छोप्दछु। म एक पटकको लागि बोलिहालेँ, तर मसँग कुनै जवाफ छैनँ, दुई पटक म बोलेँ, तर अब म केही भन्‍नेछैनँ।” तब याहवेह आँधीबेहरीको बीचबाट इयोबसँग बोल्नुभयो: “अब मर्दझैँ कम्मर कसेर खडा हो; म तँलाई प्रश्न गर्नेछु, अनि तैँले मलाई जवाफ दिनेछस्। “के तैँले मेरो न्यायलाई गलत ठहराउँछस्? के तैँले आफूलाई सही ठहराउनलाई मलाई दोषी ठहराउँछस्?”