YouVersion लोगो
खोज आइकन

अय्‍यूब 34

34
1-2तपाईंहरू बुद्धिमान् र चलाख हुनुहुन्‍छ,
मेरो कुरा सुन्‍नुहोस्।
3जिब्रोले चाखेर तपाईंहरूले स्‍वादिलो भोजन चिन्‍नुहुन्‍छ,
तर कानले सुनेर पनि बुद्धिका कुरा बुझ्‍नुहुन्‍न।
4र हामीहरूले जाँचबुझ गरी ठीक कुरा के छ, सो जानेर चुनौं।
5“म निर्दोष छु,” अय्‍यूब भन्‍छन्,
“र परमेश्‍वरले मेरो न्‍याय गरिदिनुभएन।”
6अय्‍यूब भन्‍दछन्, “मैले दोष गरेको छु भनी म कसरी झूट बोलूँ?
मरुञ्‍जेलसम्‍म घायल भए पनि मैले पाप गरेको छैनँ।”
7सजिलैसँग परमेश्‍वरको विरुद्धमा ठट्टा गर्ने अय्‍यूबजस्‍तो अरू को होला?
8उनले दुष्‍टहरूको सङ्गत मन पराउँछन्
र पापीहरूसित हिँड्छन्।
9उनी भन्‍छन् कि परमेश्‍वरको पक्षमा लागेर मानिसलाई केही लाभ छैन।
10तपाईंहरूजस्‍तो बुज्रक मानिसले मेरा कुरा सुन्‍नुहोस्!
के सर्वशक्तिमान् परमेश्‍वरले बेठीक काम गर्नुहुन्‍छ?
11 # भजनसंग्रह 62:12 उहाँले मानिसहरूलाई तिनीहरूका कामअनुसार इनाम दिनुहुन्‍छ।
आफूले पाउन लायकको प्रतिफल उहाँले तिनीहरूलाई दिनुहुन्‍छ।
12सर्वशक्तिमान् परमेश्‍वरले कहिल्‍यै खराबी गर्नुहुन्‍न।
उहाँले कोहीसित कहिल्‍यै अन्‍याय गर्नुहुन्‍न।
13कसले उहाँलाई पृथ्‍वीको जिम्‍मा दियो?
कसबाट उहाँले अधिकार पाउनुभयो?
14यदि उहाँले जीवनको आत्‍मा फिर्ता लिनुभयो भने
15सबै जिउँदा प्राणीहरू मर्नेछन् र माटोमा नै मिल्‍नेछन्।
16तपाईंहरूसित बुद्धि छ भने
मेरो कुरा सुन्‍नुहोस्।
17न्‍यायलाई घृणा गर्नेले कसरी शासनभार थाम्‍न सक्‍ला?
जो धर्मी र सामर्थी हुनुहुन्‍छ,
के उहाँलाई तपाईंहरू दोषी ठहराउनुहुन्‍छ?
18दुष्‍ट र बेकामे राजा र शासकहरूलाई
परमेश्‍वरले दोषी ठहराई सजायँ दिनुहुन्‍छ।
19उहाँ शासकहरूका पक्षमा जानुहुन्‍न
र गरीबका बदलामा धनीमाथि निगाह राख्‍नुहुन्‍न
किनभने उहाँले सबैलाई नै बनाउनुभएको हो।
20तिनीहरू अचानक मध्‍यरातमा मर्छन्,
उहाँले छुनुहुँदा मानिसहरू नाश हुन्‍छन्।
कसैले नछोई शक्तिशालीहरू लोप हुन्‍छन्।
21मानिसको हरेक कदम उहाँले जाँचेर हेर्नुहुन्‍छ।
22कुनै यस्‍तो बाक्‍लो अँध्‍यारो छैन,
जसले पापीलाई परमेश्‍वरदेखि लुकाउन सक्‍छ।
23परमेश्‍वरको अघि मानिसहरू न्‍यायको लागि खडा हुनलाई
परमेश्‍वरले समय तोकिरहनुपर्दैन।
24शक्तिशालीहरूलाई नाश गरेर तिनका सट्टामा अरूहरूलाई बसाल्‍न
उहाँले जाँचबुझ गरिरहनुपर्दैन।
25उहाँले तिनीहरूले गरेका काम जान्‍नुहुन्‍छ
र राती तिनीहरूलाई विध्‍वंस पार्नुहुन्‍छ।
26उहाँले दुष्‍टहरूलाई सबैले देख्‍ने गरी दण्‍ड दिनुहुन्‍छ
27किनभने तिनीहरूले उहाँलाई पछ्याउन छोडेका हुन्‍छन्
र उहाँका आज्ञापालन गरेका हुँदैनन्।
28तिनीहरूको कारणले दरिद्रहरूका पुकार परमेश्‍वरको कानमा पुग्‍दछ
र उहाँले दरिद्रले सहायताको लागि गरेको पुकार सुन्‍नुहुन्‍छ।
29उहाँ चुप भई बस्‍नुभए उहाँलाई कसले दोष लाउन सक्‍छ?
आफ्‍नो मुहार लुकाउनुभए
कुन जातिले वा कुन मानिसले वा कसले उहाँलाई देख्‍न सक्‍ला?
30तब परमेश्‍वर नमान्‍ने मानिसले शासन गर्दै मानिसलाई थिचोमिचो गरे,
कुनै देश वा मानिसले केही गर्न सक्‍दैन।
31अय्‍यूब, तपाईंले आफ्‍नो पापको पश्‍चात्ताप गर्नुभएको छ?
अनि अब उसो पाप गर्नेछैँन भनी प्रतिज्ञा गर्नुभएको छ?
32परमेश्‍वरले तपाईंका पापहरू देखाइदिऊन् भनी तपाईंले उहाँलाई बिन्‍ती गर्नुभयो?
ती त्‍यस्‍ता पापहरू दोहोर्‍याउनेछैन भनी भन्‍नुभयो?
33तपाईं परमेश्‍वरको काममा आपत्ति गर्नुहुन्‍छ भने
के उहाँले तपाईंको मनको इच्‍छा पुर्‍याइदिऊन् भनी आशा गर्नुहुन्‍छ?
यो त तपाईं आफैंले निर्णय गर्नुपर्छ, मैले गर्नुपर्ने कुरा होइनँ।
तपाईंको जवाफ के हो?
34कुनै पनि विवेकी मानिसले यो कुरा मान्‍नेछ,
मेरा कुरा सुन्‍ने कुनै पनि बुद्धिमान् मानिसले यसो भन्‍नेछ,
35अय्‍यूबले त ज्ञानबिनाका कुरा गर्छन्,
उनले भनेका कुराको केही अर्थ हुँदैन।
36अय्‍यूबले भनेका कुरा विचार गरेर सोच्‍नुहोस्,
दुष्‍टले जस्‍तो उनी बोल्‍छन्।
37उनले पाप मात्र नगरी त्‍यसमाथि विद्रोह पनि गर्छन्।
गिल्‍ला गर्दै र थपडी मार्दै उनले परमेश्‍वरको विरुद्धमा अझ धेरै बोल्‍छन्।

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 34: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्