YouVersion लोगो
खोज आइकन

अय्‍यूब 35

35
1-2अय्‍यूब, “म परमेश्‍वरको नजरमा निर्दोष छु” भनी तपाईंले भन्‍नु उचित छैन।
3तर तपाईं भन्‍नुहुन्‍छ, “मलाई के नाफा भयो
वा पाप नगर्दा मलाई के लाभ भयो?”
4म तपाईं र तपाईंका साथीहरूलाई पनि जवाफ दिनेछु।
5आकाशतिर हेर्नुहोस्!
बादलहरू कति माथि छन्, विचार्नुहोस्!
6 # अय्‍यूब 22:2,3 तपाईंले पाप गर्नुभएको भए,
त्‍यसले परमेश्‍वरको के बिगार गर्छ?
तपाईंले जतिसुकै अधर्म गरे पनि त्‍यसले उहाँलाई के असर पार्दछ?
7तपाईं धर्मी हुँदा परमेश्‍वरलाई केही फाइदा हुन्‍छ र?
उहाँलाई तपाईंको कुनै पनि थोकको खाँचो छैन।
8तपाईंको पापले त अरूहरूलाई मात्र पिराउँछ
अनि तपाईंको सत्‍कर्मले तिनीहरूलाई नै राम्रो गर्छ।
9अत्‍याचारको भारमा परेर मानिसहरू पीडाले कराउँछन्।
सहायताको निम्‍ति तिनीहरूले पुकारा गर्छन्।
10तर कसैले यसो भन्‍दैनन्, “मलाई राती रक्षा गर्नुहुने
मेरा सृष्‍टिकर्ता परमेश्‍वर कहाँ हुनुहुन्‍छ?”
11हामीलाई बुद्धि दिनुहुने परमेश्‍वर, जसले हामीलाई पशु-पक्षीहरूभन्दा ज्ञानी तुल्‍याउनुहुन्‍छ।
उहाँतिर कोही फर्कंदैनन्।
12तिनीहरूले मद्दतको निम्‍ति पुकारा गर्छन् तर परमेश्‍वरले केही जवाफ दिनुहुन्‍न।
किनभने तिनीहरू घमण्‍डी र दुष्‍ट छन्।
13तिनीहरूले पुकारा गर्नु व्‍यर्थ छ,
सर्वशक्तिमान् परमेश्‍वरले तिनीहरूलाई हेर्नु वा सुन्‍नुहुन्‍न।
14अय्‍यूब, तपाईं भन्‍नुहुन्‍छ, “म उहाँलाई देख्‍दिनँ।
मेरो मुद्दा उहाँको सामु छ र म पर्खिरहेको छु।”
15तपाईं सोच्‍नुहुन्‍छ कि परमेश्‍वरले दण्‍ड दिनुहुन्‍न
र पापको वास्‍ता गर्नुहुन्‍न।
16तपाईं बोलिरहनु व्‍यर्थ छ।
यो स्‍पष्‍ट छ, तपाईंको कुरा तपाईं आफैं बुझ्‍नुहुन्‍न।

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 35: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्