YouVersion लोगो
खोज आइकन

अय्‍यूब 29:7-17

अय्‍यूब 29:7-17 सरल नेपाली

जब सहरका ढोकामा बुढापाकाहरू भेला हुन्‍थे र म तिनीहरूसित बस्‍थें, तब युवा ठिटाहरूले मलाई देखेर ठाउँ छोड्थे र बुढाहरू मलाई सम्‍मान् देखाउँदै खडा हुन्‍थे। अगुवाहरूले कुरा गर्न बन्‍द गर्थे र ठूला-ठालुहरूसमेत चुप हुन्‍थे। ज-जसले मलाई देख्‍थे, तिनीहरूले मेरो तारिफ गर्थे, मेरो बारेमा सुन्‍नेहरूले मेरो गुण गाउँथे। गरीबहरूले पुकार्दा मैले तिनीहरूलाई सहायता दिन्‍थें, मैले असहाय टुहुरा-टुहुरीहरूलाई सहारा दिन्‍थें। दु:खले मर्न लागेकाहरूले मलाई आशीर्वाद दिन्‍थे। मैले विधवाहरूलाई आनन्‍दले गाउने तुल्‍याइदिन्‍थें। म धार्मिकतालाई वस्‍त्रझैँ पहिरन्‍थें र इन्‍साफ फेटाझैँ लाउँथें। म अन्‍धाको आँखा थिएँ र लङ्गडाको खुट्टा थिएँ। म दरिद्रको बुबाझैँ थिएँ र म मुद्दामा नचिनेको, नजानेको मानिसको पक्ष लिन्‍थें। मैले निर्दयीको शक्तिलाई नाश पार्थें। र तिनीहरूले गाँजेका शिकारलाई तिनीहरूकै मुखबाट खोस्‍थें।

अय्‍यूब 29 पढ्नुहोस्