YouVersion लोगो
खोज आइकन

अय्‍यूब 13

13
1-2यी सबै कुरा मैले सुनिसकेको छु।
यी सबै कुरा म बुझ्‍दछु, तपाईंले जत्तिकै बुझ्‍छु।
म तपाईंभन्दा कम छैनँ।
3परमेश्‍वरसित मेरो विवाद छ, तपाईंहरूसित होइन।
यसबारे म उहाँसित बहस गर्न चाहन्‍छु।
4तपाईंहरूले आफ्‍ना अज्ञानतालाई झूटा कुराले छोप्‍नुहुन्‍छ।
तपाईंहरू बेकम्‍मा वैद्यहरूजस्‍तै हुनुहुन्‍छ।
5तपाईंहरू चुप लागिबस्‍नु भए त
मानिसहरूले बुद्धिमानी ठान्‍नेथिए!
6म मेरा मुद्दा पेश गर्दछु।
मेरा कुरा ध्‍यानसित सुन्‍नुहोस्।
7के परमेश्‍वरको पक्षमा तपाईंहरूले झूट बोलेर
उहाँलाई के लाभ हुन्‍छ?
8के तपाईं परमेश्‍वरको पक्षमा बोल्‍नुहुन्‍छ?
के अदालतमा उहाँको पक्षमा तपाईंहरू बहस गर्नुहुन्‍छ?
9परमेश्‍वरले तपाईंहरूलाई राम्ररी जाँच्‍नुभए
के उहाँले तपाईंहरूमा कुनै असल थोक पाउनुहुन्‍छ होला?
के मानिसहरूलाई झैँ उहाँलाई पनि छ‍क्‍याउन सक्‍नुहुन्‍छ होला?
10तपाईंले गुप्‍तमा पक्षपात गर्नुभयो भने पनि
उहाँले तपाईंहरूलाई हप्‍काउनुहुनेछ
11र उहाँको शक्तिले तपाईंहरूलाई भयभीत पार्नेछ।
12तपाईंहरूका उखानहरू खरानीझैँ बेकम्‍मा छन्
र तर्कहरू माटोझैँ कमजोर छन्।
13चुप लागेर मलाई बोल्‍ने मौका दिनुहोस्।
मलाई जे पर्ला-पर्ला।
14म मेरो प्राणको बाजी लाउन तयार छु।
15उहाँले मलाई मार्नुभए पनि म उहाँमा नै भरोसा राख्‍नेछु।
उहाँको अघि आफ्‍नो बचाउको तर्क निश्‍चय राख्‍नेछु।
16साँच्‍चै नै मेरो आँटले मलाई बचाइहाल्‍ला कि
किनभने कुनै पापी मानिसले परमेश्‍वरको अघि खडा हुने आँट गर्न सक्‍दैन।
17अब मेरो कुरा कान थापेर सुन्‍नुहोस्।
18म मेरो मुद्दा पेश गर्न तयार छु।
म जान्‍दछु कि म निर्दोष ठहराइनेछु।
19के कसैले मलाई दोष दिन सक्‍छ?
त्‍यसो हो भने म चुप रहनेछु र मर्नेछु।
20हे परमेश्‍वर, खालि दुई कुरा मेरो निम्‍ति मन्‍जुर गरिदिनुहोस्
र म तपाईंदेखि लुक्‍नेछैनँ।
21हे परमेश्‍वर, मलाई सजायँ दिन छोड्‍नुहोस्
र तपाईंको त्रासले मलाई नमिचोस्।
22हे परमेश्‍वर, तपाईं पहिला बोल्‍नुहोस् र म जवाफ दिनेछु।
अथवा तपाईंले मलाई बोल्‍ने अनुमति दिनुहोस् र तपाईंले जवाफ दिनुहोस्।
23मेरा पापहरू के हुन्?
मैले के दोष गरेको छु?
ममाथि कुन-कुन अपराधको दोष छ?
24तपाईं किन मदेखि तर्कनुहुन्‍छ?
किन मसित शत्रुसँग झैँ व्‍यवहार गर्नुहुन्‍छ?
25के तपाईंले मलाई डर देखाउनुहुन्‍छ?
म त हावामा हल्‍लने पात मात्र हुँ?
के तपाईं सुकेको भुसलाई खेद्‌नुहुन्‍छ?
26म युवा छँदा मैले गरेको दोषको निम्‍ति पनि तपाईंले मलाई कठोर आरोप ल्‍याउनुहुन्‍छ।
27 # अय्‍यूब 33:11 तपाईंले मेरा खुट्टाहरूमा ठिँगुरो लाउनुहुन्‍छ।
तपाईंले मेरा हरेक कदमको चेवा गर्नुहुन्‍छ
र मेरा पाइला-पाइला पनि जाँच्‍नुहुन्‍छ?
28म सुकेको काठ वा किराले खाएको लुगाझैँ
नष्‍ट भएर जाँदै छु।

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 13: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्