YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 6:60-69

यूहन्‍ना 6:60-69 सरल नेपाली

यी कुराहरू सुनेर येशूका चेलाहरूमध्‍ये धेरैले भने, “यो शिक्षा त साह्रै अप्‍ठ्यारो छ, यो कसले सुन्‍न सक्‍छ र?” चेलाहरूले आपसमा यसको बारेमा गनगनाउँदै छन् भन्‍ने जानेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के यस कुराले तिमीहरूलाई बाधा पार्छ? त्‍यसो हो भने म मानव पुत्रलाई पहिले आफू भएकै ठाउँमा फर्किएको देख्‍यौ भने के गर्छौ? जीवन दिनुहुनेचाहिँ परमेश्‍वरका आत्‍मा नै हुनुहुन्‍छ। यो काम त मानिसको शक्तिले हुनै नसक्‍ने कुरा हो। मैले तिमीहरूलाई भनेका कुराहरूचाहिँ आत्‍मा र जीवन हुन्। तर तिमीहरूमध्‍ये कति जनाले मलाई विश्‍वास नै गर्दैनौ।” (क-कसले विश्‍वास गर्नेछैन अनि कसले आफूलाई धोका दिनेछ भन्‍ने कुरा उहाँलाई सुरुदेखि नै थाहा थियो र यो कुरा येशूले भन्‍नुभयो।) त्‍यसपछि येशूले फेरि भन्‍नुभयो, “त्‍यसैकारण मैले तिमीहरूलाई भनेको हुँ, मेरा पिताले मकहाँ आउने मन नदिनुभएसम्‍म कोही पनि मकहाँ आउन सक्‍दैन।” त्‍यस बेलादेखि येशूका चेलाहरूमध्‍ये धेरैले उहाँलाई पछ्याउन छोडे। येशूले बाह्र चेलाहरूलाई सोध्‍नुभयो, “के तिमीहरू पनि मलाई त्‍यागेर जान्‍छौ?” तब सिमोन पत्रुसले भने, “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवन दिने वचन त तपाईंसँग छ। तपाईं नै परमेश्‍वरले पठाउनुहुने पवित्र जन हुनुहुन्‍छ भनी जानेर हामीले विश्‍वास गरेका छौं।”

यूहन्‍ना 6 पढ्नुहोस्