YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 6:60-69

यूहन्‍ना 6:60-69 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यी कुराहरू सुनेर येशूका चेलाहरूमध्‍ये धेरैले भने, “यो शिक्षा त साह्रै अप्‍ठ्यारो छ, यो कसले सुन्‍न सक्‍छ र?” चेलाहरूले आपसमा यसको बारेमा गनगनाउँदै छन् भन्‍ने जानेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के यस कुराले तिमीहरूलाई बाधा पार्छ? त्‍यसो हो भने म मानव पुत्रलाई पहिले आफू भएकै ठाउँमा फर्किएको देख्‍यौ भने के गर्छौ? जीवन दिनुहुनेचाहिँ परमेश्‍वरका आत्‍मा नै हुनुहुन्‍छ। यो काम त मानिसको शक्तिले हुनै नसक्‍ने कुरा हो। मैले तिमीहरूलाई भनेका कुराहरूचाहिँ आत्‍मा र जीवन हुन्। तर तिमीहरूमध्‍ये कति जनाले मलाई विश्‍वास नै गर्दैनौ।” (क-कसले विश्‍वास गर्नेछैन अनि कसले आफूलाई धोका दिनेछ भन्‍ने कुरा उहाँलाई सुरुदेखि नै थाहा थियो र यो कुरा येशूले भन्‍नुभयो।) त्‍यसपछि येशूले फेरि भन्‍नुभयो, “त्‍यसैकारण मैले तिमीहरूलाई भनेको हुँ, मेरा पिताले मकहाँ आउने मन नदिनुभएसम्‍म कोही पनि मकहाँ आउन सक्‍दैन।” त्‍यस बेलादेखि येशूका चेलाहरूमध्‍ये धेरैले उहाँलाई पछ्याउन छोडे। येशूले बाह्र चेलाहरूलाई सोध्‍नुभयो, “के तिमीहरू पनि मलाई त्‍यागेर जान्‍छौ?” तब सिमोन पत्रुसले भने, “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवन दिने वचन त तपाईंसँग छ। तपाईं नै परमेश्‍वरले पठाउनुहुने पवित्र जन हुनुहुन्‍छ भनी जानेर हामीले विश्‍वास गरेका छौं।”

शेयर गर्नुहोस्
यूहन्‍ना 6 पढ्नुहोस्

यूहन्‍ना 6:60-69 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यो सुनेपछि उहाँका चेलाहरूमध्‍ये धेरैले भने, “यो वचन कठोर छ, कसले यो सुन्‍न सक्‍तछ र?” तर उहाँका चेलाहरू यस विषयमा गनगनाउँदैछन्‌ भनी जानेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के यी कुरा तिमीहरूका निम्‍ति ठोकरको कारण भइरहेछ? तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ अघि थियो त्‍यहाँ उक्‍लँदैगरेको देख्‍यौ भने नि कसो? जीवन दिनुहुने आत्‍मा हुनुहुन्‍छ, शरीरबाट केही फाइदा हुँदैन। जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती आत्‍मा र जीवन हुन्‌। तर तिमीहरूमध्‍ये कति छन्, जसले विश्‍वास गर्दैनन्‌।” किनभने विश्‍वास नगर्नेहरू को-को हुन्, र उहाँलाई धोका दिने को हुनेछ भनी येशूलाई सुरुदेखि नै थाहा थियो। अनि उहाँले भन्‍नुभयो, “यसैकारण मैले तिमीहरूलाई भनेको हुँ, ‘यदि पिताबाट दिइएको छैन भने कोही मानिस मकहाँ आउन सक्‍दैन।” यसपछि उहाँका चेलाहरूमध्‍ये धेरै जना पछि हटे, र उहाँसँग हिँड्‌न छोड़े। येशूले बाह्रैलाई भन्‍नुभयो, “के तिमीहरू पनि मलाई त्‍यागेर जाने?” सिमोन पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईंसित अनन्‍त जीवनका वचन छन्‌ र हामीले विश्‍वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ।”

यूहन्‍ना 6:60-69 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, “यो त कठोर शिक्षा हो। कसले यो ग्रहण गर्न सक्छ र?” यस विषयमा आफ्ना चेलाहरू गनगन गर्दैछन् भन्‍ने येशू आफूले थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “के यस कुराले तिमीहरूलाई ठेस पुर्‍यायो? यदि तिमीहरूले मानिसको पुत्रलाई ऊ पहिले जहाँ थियो त्यहीँ उक्लँदैगरेको देख्यौ भने के होला! आत्माले जीवन दिनुहुन्छ, शरीरले केही फाइदा दिँदैन। मैले तिमीहरूसँग बोलेका वचन आत्मा र जीवन हुन्। तर अझै पनि तिमीहरूमध्ये कति जना छौ, जसले विश्‍वास गर्दैनौ।” किनकि तिनीहरूमध्ये कसले विश्‍वास गर्दैन र कसले उहाँलाई धोका दिनेछ भनी येशूले सुरुदेखि नै जान्‍नुभएको थियो। उहाँले फेरि भन्‍नुभयो, “यसैकारण ‘पिताले आउन नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन’ भनी मैले तिमीहरूलाई भनेको हुँ।” त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र त्यसपछि उहाँलाई पछ्याएनन्। तब येशूले बाह्र जनालाई सोध्नुभयो, “के तिमीहरू पनि छोडेर जान चाहन्छौ?” सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईंसँग छन्। हामी विश्‍वास गर्दछौँ र जान्दछौँ, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ।”

शेयर गर्नुहोस्
यूहन्‍ना 6 पढ्नुहोस्

यूहन्‍ना 6:60-69 पवित्र बाइबल (NERV)

धेरै येशूका चेलाहरूले यस्तो सुनेपछि भने, “यो शिक्षा बुझ्न गाह्रो छ। कसले यो शिक्षा ग्रहण गर्न सक्छ?” येशूले चेलाहरू गनगनाउँदैछन् भन्ने थाहा पाउनु भयो। तिमीहरूलाई भन्नुभयो, “के यस शिक्षाले तिमीहरूलाई ठेस लाग्छ? तब तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ पहिले थियो, त्यहाँ जाँदै गरेको देख्यौ भने के हुन्छ? त्यो आत्मा हो जसले मानिसलाई जीवन दिन्छ। शरीरबाट केही फाईदा छैन। म जो चीज तिमीहरूलाई भन्छु त्यो आत्मा हो तिनहरूले जीवन दिन्छ। तर तिमीहरू मध्ये कसैले विश्वास गर्दैनौ।” (येशूलाई शुरूबाट नै थाहा थियो कस-कसले विश्वास गरेनन् र कसले धोखा दिन्छ।) येशूले भन्नुभयो “त्यसैले मैले भनेकोछु ‘पिताले अनुमति नदिए सम्म कोही पनि म भएकोमा आउन सक्तैन।’” जब येशूले त्यसो भन्नुभयो, उनका धेरै चेलाहरू पछि हटे र उहाँको पछि लाग्नु छाडे। येशूले बाह्रजना प्रेरितहरूलाई भन्नुभयो, “तिमीहरू पनि छाड्न चाहन्छौ?” शिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “हे प्रभु हामी कसकोमा जाऊँ? तपाईंकोमा वचन छ जसले अनन्त जीवन दिन्छ। हामी तपाईंमाथि विश्वास गर्छौं। हामी जान्दछौं कि तपाईं मात्र एक पवित्र हुनुहुन्छ जो परमेश्वरबाट आउनुभएको हो।”