त्यस बेला यहूदीहरूको निस्तार भन्ने चाड आउन लागेको थियो। मानिसहरूको एउटा ठूलो भीड आफूतिर आइरहेको देखेर येशूले आफ्नो चेला फिलिपलाई सोध्नुभयो, “यी मानिसहरूलाई खुवाउन हामीले कहाँबाट रोटी किनेर ल्याउन सक्छौ?” यो कुरा येशूले फिलिपको मन जाँच्न सोध्नुभएको थियो। उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो कुरा उहाँलाई थाहा नै थियो। फिलिपले भने, “यहाँ भएका हरेक मानिसलाई अलि-अलि मात्रै रोटी दियौं भने पनि हामीलाई दुई सय चाँदीका सिक्काले पनि पुग्नेछैन।” येशूका अर्का एक जना चेला सिमोन पत्रुसका भाइ अन्द्रियासले भने, “हुन त, यहाँ एउटा केटासँग पाँच वटा जौका रोटी र दुई वटा माछा छन्, तर यति धेरै मान्छेलाई त्यतिले मात्र कहाँ पुग्थ्यो र?” येशूले चेलाहरूलाई भन्नुभयो, “मानिसहरूलाई बस्न लगाओ!” त्यहाँ ठूलो चउर थियो र मानिसहरू त्यहीँ नै बसे। त्यस भीडमा पुरुष मात्रै जम्मा पाँच हजार जति थिए। येशूले ती पाँच वटा रोटी लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो र बसेका मानिसहरूले खाऊन् भनेर चेलाहरूलाई बाँड्न लगाउनुभयो। माछालाई पनि त्यसै गरी बाँड्न लगाउनुभयो। मानिसहरूले अघाउञ्जेल खाए। तिनीहरू अघाइसकेपछि येशूले चेलाहरूलाई भन्नुभयो, “उब्रिएका टुक्राहरू बटुल, अलिकति पनि खेर नजाओस्।” खाएर उब्रिएका ती जौका पाँच रोटीका टुक्राहरू उठाउँदा बाह्र डाला भरिए। यस्तो शक्तिशाली काम देखेर मानिसहरूले भने, “अवश्य पनि संसारमा आउनुहुन्छ भनेर हामीले आशा गरेका अगमवक्ता उहाँ नै हुनुहुन्छ।” अब मानिसहरूले आएर आफूलाई जबरजस्ती राजा बनाउन आँटेका छन् भन्ने थाहा पाएर येशू फेरि एक्लै डाँडातिर लाग्नुभयो।
यूहन्ना 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 6:4-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू