यहूदीहरूको चाड, अर्थात् निस्तार-चाड नजिक थियो। तब येशूले आफ्ना चारैतिर हेर्दा एउटा ठूलो भीड आफूकहाँ आइरहेको देखेर फिलिपलाई भन्नुभयो, “यिनीहरूलाई खुवाउनका निम्ति हामीहरूले कहाँबाट रोटी किन्ने?” उहाँले तिनको जाँच गर्नलाई यो भन्नुभएको थियो, किनभने उहाँले जे गर्न लाग्नुभएको थियो, सो उहाँलाई थाहा थियो। फिलिपले उहाँलाई जवाफ दिए, “प्रत्येकले अलि-अलि पाए तापनि दुई सय चाँदीका सिक्काको रोटीले तिनीहरूलाई पुग्नेछैन।” उहाँका चेलाहरूमध्ये एक जना, सिमोन पत्रुसका भाइ अन्द्रियासले भने, “यहाँ एक जना ठिटो छ, त्यससँग जौका पाँच रोटी र दुई माछा छन्। तर यति धेरैका निम्ति यतिले के पुग्ला र?” येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लाओ।” त्यहाँ धेरै घाँस भएको चउर थियो। तब प्राय: पाँच हजार पुरुषहरू त्यहाँ बसे। तब येशूले रोटी लिनुभयो, र परमेश्वरलाई धन्यवाद चढ़ाउनुभएपछि बस्नेहरूलाई बाँड़िदिनुभयो, र त्यसै गरी माछा पनि बाँड़िदिनुभयो। तिनीहरूले चाहेजति खाए। अनि जब तिनीहरूले भरपेट खाए, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही नष्ट नहोस्।” खानेहरूले उबारेका जौका ती पाँच रोटीका टुक्राहरू तिनीहरूले बटुले र बाह्र डाला भरे। यसकारण उहाँले गर्नुभएको यो चिन्ह देखेर ती मानिसहरूले भने, “संसारमा आउने अगमवक्ता साँच्चै उहाँ नै हुनुहुँदोरहेछ।” तिनीहरू आएर उहाँलाई बलजफतीसँग लगी राजा बनाउन खोज्दैछन् भन्ने थाहा पाएर येशू फेरि एकलै डाँड़ामा जानुभयो।
यूहन्ना 6 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 6:4-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू