येशूले तिनीहरूलाई भन्नुभयो, “अनन्त जीवन दिने रोटीचाहिँ म नै हुँ। मकहाँ आउने भोकाउनेछैन र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउनेछैन। तर मैले तिमीहरूलाई भनिसकेको छु, तिमीहरूले मलाई देखेर पनि विश्वास गरेनौ। तर मेरा पिताले मलाई दिनुहुने जति सबै मकहाँ आउनेछन् र मकहाँ आउने जतिलाई चाहिँ म फर्काउँदिनँ। मेरो आफ्नै इच्छा होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न म स्वर्गबाट आएको हुँ। मलाई पठाउनुहुनेको इच्छा यो हो कि परमेश्वरले मलाई दिनुभएका जति कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई संसारको आखिरी दिनमा जिउँदो पारूँ। हो, मेरा पिताको इच्छा यही नै हो कि पुत्रलाई हेर्ने र उसमाथि विश्वास गर्ने जति सबैले अनन्त जीवन पाऊन् अनि संसारको आखिरी दिनमा म तिनीहरूलाई मरेकोबाट बिउँताउनेछु।”
यूहन्ना 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 6:35-40
7 Days
Advent is simply a season of expectant waiting and preparation. Join pastor and author Louie Giglio on an Advent journey to discover that waiting is not wasting when you're waiting on the Lord. Take hold of the chance to uncover the vast hope offered through the journey of Advent. In the next seven days you'll find peace and encouragement for your soul as anticipation leads toward celebration!
10 दिन
क्रिश्चियन यात्रा विभिन्न अनुभवहरूको हो। हामी जीवनको जुनसुकै अवस्थामा भए तापनि हामीले हाम्रो वरपरका मानिसहरूमा छाप छोड्न सक्षम हुनुपर्दछ ताकि तिनीहरूले येशुलाई अनुभव गर्न सकून् वा कमसेकम हामीमा के फरक छ भनेर उत्सुक हुन सकून। हाम्रो प्रार्थना छ कि तपाईंले आफूलाई पाउनुहुने हरेक मौसममा सजिलैसँग परमेश्वरको स्वाद र रंगहरू प्रकट गराउन सक्नुभएको होस्।
९ दिन
गोलमालको यस परिस्थितिमा ख्रीष्टलाई अझ बढी चिन्न रोज्नुहोस् र अनिश्चित समयमा डरमाथि विश्वास रोज्नुहोस्। हरेक दिन जस्तोसुकै अवस्था भए तापनि यस पाठलाई अध्ययन गर्दै जाँदा भविष्यमा तपाईँ निर्धक्क साथ कदम चाल्नुहुनेछ भनी हामी आशा राख्दछौँ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू