YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 6:35-40

यूहन्‍ना 6:35-40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब येशूले घोषणा गर्नुभयो, “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्‍वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन। तर मैले तिमीहरूलाई अगि भनेझैँ, तिमीहरूले मलाई देखेका छौ, तर पनि मलाई विश्‍वास गर्दैनौ। पिताले मलाई दिनुहुनेहरू सबै मकहाँ आउनेछन्। मकहाँ आउने कसैलाई पनि म कहिल्यै त्याग्नेछैनँ। किनकि मेरो इच्छा पूरा गर्नलाई म स्वर्गबाट ओर्लिआएको होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ। मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका कसैलाई पनि मैले नगुमाऊँ; तर तिनीहरूलाई अन्त्यको दिनमा फेरि जीवित पारेर उठाऊँ। किनकि मेरा पिताको इच्छा यही छ—प्रत्येक जसले पुत्रलाई हेर्छ र उसमाथि विश्‍वास गर्छ, त्यसले अनन्त जीवन प्राप्‍त गरोस्। अनि म त्यसलाई अन्त्यको दिनमा फेरि जीवित पार्नेछु।”

शेयर गर्नुहोस्
यूहन्‍ना 6 पढ्नुहोस्

यूहन्‍ना 6:35-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

येशूले तिनीहरूलाई भन्‍नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्‍वास गर्ने कहिल्‍यै तिर्खाउनेछैन। तर मैले तिमीहरूलाई भनेकै छु, तिमीहरूले मलाई देखेका छौ, र पनि विश्‍वास गर्दैनौ। पिताले मलाई दिनुहुने सबै मकहाँ आउनेछन्, र मकहाँ आउनेलाई कुनै रीतिले म त्‍याग्‍नेछैनँ। आफ्‍नो इच्‍छा पूरा गर्न म स्‍वर्गबाट ओर्लिआएको होइनँ, तर मलाई पठाउनुहुनेको इच्‍छा पूरा गर्नलाई आएको हुँ। र मलाई पठाउनुहुनेको इच्‍छा यो हो, कि उहाँले मलाई दिनुभएकाहरूमध्‍ये कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई अन्‍त्‍यको दिनमा जीवित पारूँ। किनभने मेरा पिताको इच्‍छा यो हो, कि पुत्रलाई हेर्ने र उसमाथि विश्‍वास गर्ने प्रत्‍येकले अनन्‍त जीवन प्राप्‍त गरोस्, र म त्‍यसलाई अन्‍त्‍यको दिनमा जीवित पार्नेछु।”

शेयर गर्नुहोस्
यूहन्‍ना 6 पढ्नुहोस्

यूहन्‍ना 6:35-40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब येशूले घोषणा गर्नुभयो, “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्‍वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन। तर मैले तिमीहरूलाई अगि भनेझैँ, तिमीहरूले मलाई देखेका छौ, तर पनि मलाई विश्‍वास गर्दैनौ। पिताले मलाई दिनुहुनेहरू सबै मकहाँ आउनेछन्। मकहाँ आउने कसैलाई पनि म कहिल्यै त्याग्नेछैनँ। किनकि मेरो इच्छा पूरा गर्नलाई म स्वर्गबाट ओर्लिआएको होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ। मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका कसैलाई पनि मैले नगुमाऊँ; तर तिनीहरूलाई अन्त्यको दिनमा फेरि जीवित पारेर उठाऊँ। किनकि मेरा पिताको इच्छा यही छ—प्रत्येक जसले पुत्रलाई हेर्छ र उसमाथि विश्‍वास गर्छ, त्यसले अनन्त जीवन प्राप्‍त गरोस्। अनि म त्यसलाई अन्त्यको दिनमा फेरि जीवित पार्नेछु।”

शेयर गर्नुहोस्
यूहन्‍ना 6 पढ्नुहोस्

यूहन्‍ना 6:35-40 पवित्र बाइबल (NERV)

तब येशूले भन्नुभयो, “म त्यो रोटी हुँ जसले जीवन दिंदछ। जुन मानिस मेरोमा आउँदछ ऊ कहिल्यै भोको हुँदैन। जुन मानिसले ममाथि विश्वास गर्दछ ऊ कहिल्यै तिर्खाउँदैन। तर मैले तिमीहरूलाई भनिसकेको छु कि यद्यपि मलाई देखेकाछौ तापनि तिमीहरूले मलाई विश्वास गर्दैनौ। जुन मानिसहरू पिताले मलाई दिनुहुन्छ मकहाँ आउनेछन्। मकहाँ जो आँउछन् म कसैलाई पनि फर्काउने छुइन। परमेश्वरले जे चाहनु हुन्छ त्यो काम गर्न म स्वर्गबाट आएको हुँ। मैले चाहेको काम गर्नलाई म आएको होइन। मैले कसैलाई पनि गुमाउनु हुँदैन जुन परमेश्वरले मलाई दिनुभयो अनि अन्तिम दिनमा मैले तिनीहरूलाई जीवनमा उठाउनु पर्छ। उहाँ एक जसले मलाई पठाउनु भयो, उहाँको यही इच्छा हो। प्रत्येक मानिस जसले परमेश्वरका पुत्रलाई चिने र विश्वास गरे तिनीहरूले अनन्त जीवन पाए। म तिनीहरूलाई अन्त्यको दिनमा जीवित पार्नेछु। यो मेरा पिता परमेश्वरको इच्छा हो।”

शेयर गर्नुहोस्
यूहन्‍ना 6 पढ्नुहोस्

यूहन्‍ना 6:35-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले तिनीहरूलाई भन्‍नुभयो, “अनन्त जीवन दिने रोटीचाहिँ म नै हुँ। मकहाँ आउने भोकाउनेछैन र ममाथि विश्‍वास गर्ने कहिल्‍यै तिर्खाउनेछैन। तर मैले तिमीहरूलाई भनिसकेको छु, तिमीहरूले मलाई देखेर पनि विश्‍वास गरेनौ। तर मेरा पिताले मलाई दिनुहुने जति सबै मकहाँ आउनेछन् र मकहाँ आउने जतिलाई चाहिँ म फर्काउँदिनँ। मेरो आफ्‍नै इच्‍छा होइन, तर मलाई पठाउनुहुनेको इच्‍छा पूरा गर्न म स्‍वर्गबाट आएको हुँ। मलाई पठाउनुहुनेको इच्‍छा यो हो कि परमेश्‍वरले मलाई दिनुभएका जति कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई संसारको आखिरी दिनमा जिउँदो पारूँ। हो, मेरा पिताको इच्‍छा यही नै हो कि पुत्रलाई हेर्ने र उसमाथि विश्‍वास गर्ने जति सबैले अनन्त जीवन पाऊन् अनि संसारको आखिरी दिनमा म तिनीहरूलाई मरेकोबाट बिउँताउनेछु।”

शेयर गर्नुहोस्
यूहन्‍ना 6 पढ्नुहोस्

यूहन्‍ना 6:35-40

यूहन्‍ना 6:35-40 NNRVयूहन्‍ना 6:35-40 NNRV
शेयर गर्नुहोस्
Read Full Chapter