YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 4:35-38

यूहन्‍ना 4:35-38 सरल नेपाली

तिमीहरू भन्‍छौ ‘बाली पाक्‍न अझै चार महिना लाग्‍छ’ तर म भन्‍छु, खेत नियालेर हेर, बाली पाकिसकेको छ र काट्‍ने बेला आइसकेको छ। बाली काट्‍नेले ज्‍याला पाउँछ र उसले अनन्त जीवनको लागि अन्‍न जम्‍मा गर्दछ अनि छर्ने र काट्‍ने दुवै सँगसँगै रमाउँछन्। यहाँनेर ‘एक जनाले बाली लाउँछ र अर्कोले काट्छ’ भन्‍ने उखान ठ्याक्‍कै मिल्‍छ। मैले तिमीहरूलाई तिमीहरूले खेती नगरेको ठाउँमा बाली उठाउन पठाएको छु। अरूहरूले त्‍यहाँ खेती गरे र उनीहरूले गरेको खेतीबाट तिमीहरूलाई फाइदा भएको छ।”

यूहन्‍ना 4 पढ्नुहोस्