यूहन्‍ना 4:35-38

यूहन्‍ना 4:35-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

के तिमीहरू भन्‍दैनौ, ‘अझ चार महिना बाँकी छ, तब बाली काट्‌ने बेला आउँछ?’ म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना आँखा उचालेर खेतबारी हेर, बाली कटनीको निम्‍ति पाकिसकेको छ। जसले बाली काट्‌छ त्‍यसले ज्‍याला पाउँछ, र अनन्‍त जीवनको लागि फल बटुल्‍छ, र छर्ने र कटनी गर्ने एकसाथ रमाउँछन्‌। किनकि ‘एक जनाले छर्छ, र अर्काले कटनी गर्छ,’ भन्‍ने वचन यसैमा सत्‍य हुन्‍छ। मैले तिमीहरूलाई त्‍यहाँ कटनी गर्न पठाएँ, जहाँ तिमीहरूले परिश्रम गरेका छैनौं। अरूहरूले परिश्रम गरेका छन्, र तिनीहरूको परिश्रमका फल तिमीहरूले पाएका छौ।”

शेयर गर्नुहोस्
यूहन्‍ना 4 पढ्नुहोस्

यूहन्‍ना 4:35-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

के तिमीहरू ‘अब चार महिना बाँकी छ, तब कटनीको समय हुन्छ’ भनी भन्दैनौ र? म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा खोलेर खेतबारीहरूमा हेर! त्यो कटनीको निम्ति पाकिसकेको छ। अहिले पनि फसल काट्नेले ज्याला पाउँछ, अहिले पनि उसले अनन्त जीवनको लागि फल बटुल्छ, जसले गर्दा बिउ छर्ने र फसल काट्ने दुवै एकसाथ रमाउँछन्। त्यसैकारण ‘एउटाले छर्छ, अर्कोले काट्छ’ भन्‍ने भनाइ सत्य छ। मैले तिमीहरूलाई त्यसको कटनी गर्न पठाएँ, जसको निम्ति तिमीहरूले काम गरेनौ। अरूहरूले परिश्रम गरेका छन्। अनि तिमीहरूले चाहिँ तिनीहरूका परिश्रमको फलको कटनी गरेका छौ।”

शेयर गर्नुहोस्
यूहन्‍ना 4 पढ्नुहोस्

यूहन्‍ना 4:35-38 पवित्र बाइबल (NERV)

जब तिमीहरू रोपाई गर्छौ र भन्छौ, ‘बाली काटन अझै चार महीना छ’ तर तिमीहरू आफ्ना आँखा खोल र मानिसहरूलाई हेर। तिनीहरू पनि बाली काट्ने समय भएको खेतबारी जस्ता छन्। अहिले सम्म, जसले बाली काट्छ उसैले ज्याला पाउँछ। उसैले जसले अनन्त जीवनको लागि फसल थुपार्दछ। यसैले जसले रोपाईं गर्दछ र जसले बाली काट्दछ दुवै सँगै आनन्दित हुन्छन्। यसर्थ त्यो भनाई, ‘एकजना मान्छेले रोप्छ अनि अर्को मान्छेले बाली काट्छ’ यो विषय सत्य छ। तिमीहरूलाई मैले बाली काट्न पठाए जुन तिमीहरूले रोपेनौ। अरूले काम गरे र तिनीहरूका कामबाट तिमीहरूले फल पाएका छौ।”

शेयर गर्नुहोस्
यूहन्‍ना 4 पढ्नुहोस्