एक हप्तापछि चेलाहरू घरमा ढोका थुनेर बसिरहेका थिए। यसपल्टचाहिँ थोमा पनि तिनीहरूसँगै थिए। ढोका थुनिएकै बेलामा येशूले तिनीहरूको बीचमा आएर भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!” थोमालाई आफ्नो हात देखाएर भन्नुभयो, “यहाँ हेर, तिम्रो औँलाले मेरा हातमा छोऊ र मेरो कोखामा छाम! शङ्का होइन तर विश्वास गर।” त्यही बेला थोमाले “हे मेरा प्रभु, हे मेरा परमेश्वर!” भन्दै येशूको पाउमा परे अनि येशूले भन्नुभयो, “थोमा, तिमीले त मलाई देखेर विश्वास गरेका छौ, तर नदेखी विश्वास गर्नेहरू कति धन्यका हुन्।” यस पुस्तकमा नलेखिएका धेरै अरू शक्तिशाली चिन्हहरू र कामहरू पनि येशूले चेलाहरूको सामु गर्नुभयो।
यूहन्ना 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 20:26-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू