YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 20:26-30

यूहन्‍ना 20:26-30 NNRV

आठ दिनपछि उहाँका चेलाहरू फेरि घरभित्रै थिए। थोमा पनि तिनीहरूसँग थिए। ढोकाहरू बन्‍द थिए, तर येशू भित्र प्रवेश गर्नुभयो, र माझमा उभिएर भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति!” तब उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रो औँला यहाँ राख, र मेरा हातहरू हेर। तिम्रो हात बढ़ाएर मेरो कोखामा हाल। शङ्का नगर, तर विश्‍वासी होऊ।” थोमाले उहाँलाई भने, “मेरा प्रभु, र मेरा परमेश्‍वर!” येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारणले ममाथि विश्‍वास गरेका हौ? धन्‍य हुन्‌ तिनीहरू, जसले मलाई देखेका छैनन्, र पनि विश्‍वास गर्छन्‌।” येशूले अरू धेरै चिन्‍हहरू चेलाहरूका सामुन्‍ने गर्नुभयो, जुनचाहिँ यस पुस्‍तकमा लेखिएका छैनन्‌।