YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 16:1-4

यूहन्‍ना 16:1-4 सरल नेपाली

“तिमीहरूको विश्‍वास नघटोस् भनेर मैले यी सबै कुरा भनेको हुँ। तिमीहरू यहूदी सभाघरबाट निकालिनेछौ। यस्‍तो समय पनि आउनेछ, जब तिमीहरूलाई मार्नेले ‘परमेश्‍वरको सेवा गर्दै छु’ भनी ठान्‍नेछ। पितालाई र मलाई नचिनेको हुनाले नै मानिसहरूले तिमीहरूलाई यसो गर्नेछन्। यी सबै कुरा हुन आउने बेलामा तिमीहरूले ‘हामीलाई सबै कुरा उहाँले अघिबाट नै भन्‍नुभएको थियो!’ भनी सम्‍झनेछौ। त्‍यसैले नै म तिमीहरूलाई यी कुराहरू भन्‍दै छु। “म अहिलेसम्‍म तिमीहरूसँग भएकोले तिमीहरूलाई यी कुराहरू भनेको थिइनँ।

यूहन्‍ना 16 पढ्नुहोस्