यूहन्ना 16:1-4
यूहन्ना 16:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तिमीहरूले ठोकर नखाओ भनेर नै मैले यी कुरा तिमीहरूलाई भनेको हुँ। तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्। वास्तवमा यस्तो समय आइरहेछ, जब तिमीहरूलाई हत्या गर्नेले परमेश्वरको सेवा गर्दैछु भनी ठान्नेछ। तिनीहरूले यी काम गर्नेछन्, किनभने तिनीहरूले पितालाई चिनेका छैनन्, र मलाई पनि चिन्दैनन्। तर यी कुरा मैले तिमीहरूलाई बताएको छु, कि जब त्यो समय आउँछ, तब तिमीहरूलाई के भनेथें सो तिमीहरूलाई स्मरण हुनेछ। पहिले नै मैले तिमीहरूलाई यी कुरा भनिनँ, किनकि म तिमीहरूसँग थिएँ।
यूहन्ना 16:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तिमीहरूले ठक्कर खाएर तर्केर नजाओ भनेर मैले यी सबै कुराहरू तिमीहरूलाई भनेको हुँ। तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट बाहिर निकालिदिनेछन्; वास्तवमा यस्तो समय आइरहेको छ, जब तिमीहरूलाई हत्या गर्ने जोसुकैले परमेश्वरलाई सेवा गरिरहेको छु भनी ठान्नेछ। तिनीहरूले यी कामहरू यसैकारण गर्नेछन्, कि तिनीहरूले पितालाई र मलाई चिनेका छैनन्। मैले यी कुराहरू तिमीहरूलाई यसैकारण बताएको छु, जब त्यो समय आउँछ, तब मैले तिमीहरूलाई चेतावनी दिएको थिएँ भनी तिमीहरूले स्मरण गर्नेछौ। यी कुराहरू मैले तिमीहरूलाई पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै थिएँ।
यूहन्ना 16:1-4 पवित्र बाइबल (NERV)
“मैले यी कुराहरू तिमाहरूलाई भनें ताकि तिमीहरूले आफ्नो विश्वास हराउने छौनौ। तिनीहरूले तिमीहरूलाई सभा घरहरूबाट बाहिर निकालिदिने छन्। समय आँउदैछ ताकि मानिसहरूले तिमीहरूलाई मारेर परमेश्वकरको सेवा गर्दैछौ भन्ने सोच्नेछन्। मानिसहरूले यी सबै कुराहरू गर्नेछन् कारण न त तिनीहरूले पितालाई चिनेका छन् न त मलाई नै चिन्दछन्। यी कुराहरू म तिमीहरूलाई अहिले भन्दैछु। अतः जब यी कुराहरू हुने समय आउनेछ, तब तिमीहरूले मैले होशियारी गराएको समझ्नेछौं। “मैले यी कुराहरू तिमीहरूलाई शुरूमा भनिन, किनभने म त्यस बेला तिमीहरूसँगै थिएँ।
यूहन्ना 16:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“तिमीहरूको विश्वास नघटोस् भनेर मैले यी सबै कुरा भनेको हुँ। तिमीहरू यहूदी सभाघरबाट निकालिनेछौ। यस्तो समय पनि आउनेछ, जब तिमीहरूलाई मार्नेले ‘परमेश्वरको सेवा गर्दै छु’ भनी ठान्नेछ। पितालाई र मलाई नचिनेको हुनाले नै मानिसहरूले तिमीहरूलाई यसो गर्नेछन्। यी सबै कुरा हुन आउने बेलामा तिमीहरूले ‘हामीलाई सबै कुरा उहाँले अघिबाट नै भन्नुभएको थियो!’ भनी सम्झनेछौ। त्यसैले नै म तिमीहरूलाई यी कुराहरू भन्दै छु। “म अहिलेसम्म तिमीहरूसँग भएकोले तिमीहरूलाई यी कुराहरू भनेको थिइनँ।