“तिमीहरूसँगै रहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु। पिताले मेरो नाउँमा सहायता गर्न पठाउनुहुने पवित्र आत्माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले भनेका सबै कुराको सम्झना गराउनुहुनेछ। “म तिमीहरूलाई शान्ति दिएर जान्छु। मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु र यो संसारले दिनेजस्तो शान्ति होइन। आफ्नो मनलाई विचलित हुन नदेओ र नडराओ। ‘म यहाँबाट जाँदै छु र फेरि तिमीहरूकहाँ फर्केर आउनेछु’ भनेर मैले भनेको कुरा त तिमीहरूले सुनिहाल्यौ। तिमीहरूले मलाई साँचो रूपले प्रेम गरेको भए त म पिताकहाँ जान लाग्दा तिमीहरू खुसी हुनेथियौ किनभने मभन्दा त पिता नै ठूलो हुनुहुन्छ। यी सबै कुरा हुनुभन्दा अघि नै मैले तिमीहरूलाई भनिसकेको छु र यी कुरा पूरा हुँदा तिमीहरूले विश्वास गर्नेछौ। अब त मैले तिमीहरूसँग अरू धेरै कुरा गर्न पाउँदिनँ किनभने यस संसारको राजा आउँदै छ। वास्तवमा त्यसले मलाई केही गर्न सक्दैन। तर सबै मानिसहरूले म पितालाई प्रेम गर्छु भनी जान्न सकून् भनेर म पिताको आज्ञालाई पालन गर्दै छु। उठ, अब हामी यस ठाउँबाट जाऔं।”
यूहन्ना 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 14:25-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू