YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:25-31

यूहन्‍ना 14:25-31 NNRV

“यी कुरा तिमीहरूसँग रहँदै मैले तिमीहरूलाई भनेको हुँ। तर सल्‍लाहकार, अर्थात्‌ पवित्र आत्‍मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ। शान्‍ति म तिमीहरूसँग छोडिराख्‍छु। म आफ्‍नो शान्‍ति तिमीहरूलाई दिन्‍छु। संसारले दिएजस्‍तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्‍याकुल नहोस्‌ र भयभीत नहोस्‌। “मैले तिमीहरूलाई ‘म गइरहेछु, र तिमीहरूकहाँ आउँछु’ भनेको तिमीहरूले सुन्‍यौ। तिमीहरूले मलाई प्रेम गरेका भए म पिताकहाँ जाँदैछु भनेको सुनेर तिमीहरू रमाउनेथियौ, किनकि पिता मभन्‍दा महान्‌ हुनुहुन्‍छ। अब यो हुन अघि नै मैले तिमीहरूलाई भनिदिएको छु, र जब यो हुन आउँछ तिमीहरूले विश्‍वास गर्न सक। म तिमीहरूसँग अब धेरै बोल्‍नेछैनँ, किनभने यस संसारको शासक आइरहेछ। त्‍यसको ममाथि केही शक्ति छैन। तर म पितालाई प्रेम गर्दछु, र जस्‍तो पिताले मलाई आज्ञा गर्नुभएको छ सोहीबमोजिम गर्दछु भनी संसारले जानोस्‌। उठ, हामी यहाँबाट जाऔं।”