यहूदा इस्करियोतचाहिँ होइन, तर अर्कै यहूदा भन्ने चेलाले येशूलाई भने, “प्रभु, किन तपाईं हामीकहाँ मात्र आफैंलाई प्रकट गर्नुहुन्छ, तर संसारकहाँ चाहिँ गर्नुहुन्न?” येशूले जवाफ दिनुभयो, “मलाई प्रेम गर्नेहरूले मैले भनेका कुरा मान्दछन्। मेरा पिताले उनीहरूलाई प्रेम गर्नुहुनेछ अनि पिता र म उनीहरूकहाँ आएर उनीहरूसँगै बस्नेछौं। तर मलाई प्रेम नगर्नेहरूले मैले भनेका कुरा मान्दैनन्। तिमीहरूले सुनेका यो वचन मेरो तर्फबाट आएको होइन, तर मलाई पठाउनुहुने पिताको तर्फबाट नै आएको हो। “तिमीहरूसँगै रहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु। पिताले मेरो नाउँमा सहायता गर्न पठाउनुहुने पवित्र आत्माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले भनेका सबै कुराको सम्झना गराउनुहुनेछ। “म तिमीहरूलाई शान्ति दिएर जान्छु। मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु र यो संसारले दिनेजस्तो शान्ति होइन। आफ्नो मनलाई विचलित हुन नदेओ र नडराओ।
यूहन्ना 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 14:22-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू