यहूदाले (इस्करियोतचाहिँ होइन) उहाँलाई भने, “प्रभु, तपाईंले के भन्नुभएको, तपाईं आफैलाई हामीमा प्रकट गर्नुहुन्छ, र संसारलाई चाहिँ होइन?” येशूले तिनलाई जवाफ दिई भन्नुभयो, “जसले मलाई प्रेम गर्छ, त्यसले मेरो वचन पालन गर्नेछ, र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्यसकहाँ आउनेछौं, र त्यससँग वास गर्नेछौं। मलाई प्रेम नगर्नेले मेरा वचन पालन गर्दैन। जुन वचन तिमीहरू सुन्छौ, त्यो मेरो होइन, तर मलाई पठाउनुहुने पिताको हो। “यी कुरा तिमीहरूसँग रहँदै मैले तिमीहरूलाई भनेको हुँ। तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ। शान्ति म तिमीहरूसँग छोडिराख्छु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिएजस्तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।
यूहन्ना 14 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 14:22-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू