YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 13:6-16

यूहन्‍ना 13:6-16 सरल नेपाली

सिमोन पत्रुसको खुट्टा धुन आँट्दा पत्रुसले भने, “प्रभु, के तपाईंले मेरो खुट्टा धुन लाग्‍नुभएको?” येशूले पत्रुसलाई भन्‍नुभयो, “अहिले म के गर्दै छु, तिमीले बुझ्‍दैनौ। तर पछिचाहिँ तिमीले बुझ्‍नेछौ।” पत्रुसले भने, “तपाईंले मेरो खुट्टा कहिल्‍यै पनि धुनुहुँदैन!” येशूले भन्‍नुभयो, “मैले तिम्रो खुट्टा धोइनँ भने तिमी मेरो चेला नै हुँदैनौ।” तब सिमोन पत्रुसले भने, “त्‍यसो हो भने प्रभु, मेरो खुट्टा मात्रै होइन, तर हात र टाउकोसमेत धोइदिनुहोस्।” येशूले भन्‍नुभयो, “नुहाइसकेको मानिसले खुट्टाबाहेक अरू केही धुनुपर्दैन किनभने ऊ शुद्ध भएको छ। तिमीहरू त शुद्ध भइसकेका छौ, तर सबैचाहिँ होइन।” आफूलाई कसले पक्राइदिन आँटेको छ, त्‍यो येशूलाई थाहा थियो। त्‍यसकारण उहाँले तिमीहरू सबै शुद्ध भइसकेका छैनौ भनेर भन्‍नुभएको थियो। चेलाहरूको खुट्टा धोइसक्‍नुभएपछि येशूले खास्‍टो ओड्‍नुभयो र फेरि खान बस्‍नुभएपछि भन्‍नुभयो, “मैले किन तिमीहरूका खुट्टा धोएको, तिमीहरूले बुझ्‍यौ? तिमीहरूले मलाई गुरु र प्रभु भन्‍छौ। यो कुरा ठीक नै हो, म तिमीहरूका प्रभु र गुरु नै हुँ। मैले प्रभु र गुरु भएर पनि तिमीहरूका खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ। मैले गरेजस्‍तै तिमीहरूले पनि गर भनेर नै मैले नमुना देखाएको हुँ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मालिकभन्दा नोकर ठूलो हुँदैन अनि खबर पठाउनेभन्दा खबर ल्‍याउने पनि ठूलो हुँदैन।

यूहन्‍ना 13 पढ्नुहोस्