यूहन्ना 13:6-16
यूहन्ना 13:6-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तिनले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरा गोडा धुने?” येशूले तिनलाई जवाफ दिनुभयो, “म के गर्दैछु तिमी अहिले जान्दैनौ, तर पछि बुझ्नेछौ।” पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै धुनुहुनेछैन।” येशूले तिनलाई जवाफ दिनुभयो, “मैले धोइदिइनँ भनेता मसित तिम्रो केही हिस्सा हुनेछैन।” सिमोन पत्रुसले उहाँलाई भने, “हे प्रभु, मेरा गोडा मात्र होइन, तर मेरा हात र शिरसमेत धोइदिनुहोस्।” येशूले तिनलाई भन्नुभयो, “नुहाइसकेको मानिसलाई गोडाबाहेक अरू केही धुनुपर्दैन, त्यो सम्पूर्ण शुद्ध छ। अनि तिमीहरू शुद्ध छौ, तर सबै त होइन।” किनभने उहाँलाई विश्वासघात गर्नेलाई उहाँले चिन्नुभएको थियो। यसैकारण उहाँले भन्नुभएको थियो, “तिमीहरू सबै शुद्ध छैनौ।” तिनीहरूका गोडा धोइसक्नुभएपछि आफ्नो बाहिरी वस्त्र लाएर उहाँ फेरि बस्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू जान्दछौ, मैले तिमीहरूका निम्ति के गरें? तिमीहरू मलाई ‘गुरु र प्रभु’ भन्दछौ, त्यो तिमीहरू ठीकै भन्दछौ, किनभने म उही हुँ। यदि तिमीहरूका प्रभु र गुरु भईकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक-अर्काका गोडा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर। साँच्चै म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठूलो हुँदैन, अनि खबर लाने खबर पठाउनेभन्दा ठूलो हुँदैन।
यूहन्ना 13:6-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तब तिनले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरो खुट्टा धुनुहुन्छ?” येशूले भन्नुभयो, “मैले जे गरिरहेछु यसको अर्थ तिमीहरूले अहिले बुझ्दैनौ, तर पछि बुझ्नेछौ।” पत्रुसले इन्कार गर्दै भने, “हुँदैन, तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।” येशूले जवाफ दिनुभयो, “मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो केही भाग रहनेछैन।” सिमोन पत्रुसले भने, “प्रभु, त्यसो भए मेरो खुट्टा मात्र होइन, तर मेरो हात र शिर पनि धोइदिनुहोस्।” येशूले जवाफ दिनुभयो, “सम्पूर्ण शरीर नुहाइसकेका मानिसहरूका निम्ति खुट्टा मात्रै धुन आवश्यक हुन्छ; किनकि तिनीहरूको पूरै शरीर शुद्ध भएको छ। अब तिमीहरू शुद्ध भइसकेका छौ, तर यहाँ भएका सबै त होइनन्।” किनकि येशूले उहाँलाई कसले धोका दिन लागेको छ भनेर चिन्नुहुन्थ्यो। त्यसैकारण उहाँले सबै त शुद्ध छैनन् भनी भन्नुभयो। चेलाहरूको खुट्टा धोइसक्नुभएपछि उहाँले आफ्नो लुगा फेरि पहिरिनुभयो र आफ्नो ठाउँमा बसेर सोध्नुभयो, “मैले तिमीहरूको निम्ति के गर्दैथिएँ, त्यसको अर्थ तिमीहरूले बुझ्दछौ? तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ, र त्यो ठिकै हो; किनकि म त्यही नै हुँ। प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ। मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु। तिमीहरूसँग मैले जसो गरेको छु, सो तिमीहरूले पनि त्यसै गर्ने गर। म तिमीहरूलाई साँच्चै भन्दछु, कुनै सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन। अनि खबर लैजाने पनि खबर पठाउनेभन्दा ठूलो हुँदैन।
यूहन्ना 13:6-16 पवित्र बाइबल (NERV)
येशू शिमोन पत्रुस कहाँ आउनु भयो। तर पत्रुसले येशूलाई भने, “प्रभु, मेरो खुट्टा धुनु पर्दैन।” येशूले जवाफमा भन्नुभयो, “अहिले मैले के गरिरहेछु तिमी जान्दैनौ। तर पछि बुझ्ने छौं।” पत्रुसले भने, “अँहँ! तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।” येशूले भन्नुभयो, “यदि मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो कुनै अंश रहने छैन।” शिमोन पत्रुसले भने, “प्रभु, मेरो खुट्टामात्र होइन, मेरो हात र टाउँको पनि धोइदिनु होस्।” येशूले भन्नुभयो, “नुहाइसके पछि एक मानिस सम्पूर्ण रूपले सफा हुँदछ। उसको खुट्टामात्र धुनु पर्दछ। तिमीहरू सबैजना शुद्ध छौ तर कोही कोही मात्र छैनौ।” येशूले उहाँको विरुद्ध को जाने छ चिन्नुहुन्थ्यो। त्यसैकारणले येशूले भन्नुभयो, “तिमीहरूमा सबै शुद्ध छैनौं।” येशूले तिनीहरूका खुट्टा धोइसक्नु भयो। तब आफ्नो पोशाक लगाई टेबलतर्फ फर्की जानुभयो उहाँले भन्नुभयो, “तिमीहरू जान्दछौ मैले तिमीहरूलाई के गरें? तिमीहरूले मलाई ‘गुरूज्यू’ र ‘प्रभु’ भनेर बोलाउँछौ। अनि यो ठीक हो किनभने म त्यही हुँ। तिमीहरूका प्रभु र गुरू हुँ। किनेभने मैले तिमीहरूका खुट्टा एक नोकरले जस्तो धोएँ। यसैले तिमीहरूले पनि एकअर्काको खुट्टा धुनु पर्छ। मैले तिमीहरूको अघि उदाहरणको लागि यो गरें। र तिमीहरूले एकाअर्कामा त्यसै गर्नु पर्छ जस्तो मैले गरें। म सत्य भन्छु। एक नोकर उसको मालिक भन्दा ठूलो हुँदैन जसलाई केही कार्यका निम्ति पठाइएको छ ऊ ती पठाउने भन्दा ठूलो होइन।
यूहन्ना 13:6-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सिमोन पत्रुसको खुट्टा धुन आँट्दा पत्रुसले भने, “प्रभु, के तपाईंले मेरो खुट्टा धुन लाग्नुभएको?” येशूले पत्रुसलाई भन्नुभयो, “अहिले म के गर्दै छु, तिमीले बुझ्दैनौ। तर पछिचाहिँ तिमीले बुझ्नेछौ।” पत्रुसले भने, “तपाईंले मेरो खुट्टा कहिल्यै पनि धुनुहुँदैन!” येशूले भन्नुभयो, “मैले तिम्रो खुट्टा धोइनँ भने तिमी मेरो चेला नै हुँदैनौ।” तब सिमोन पत्रुसले भने, “त्यसो हो भने प्रभु, मेरो खुट्टा मात्रै होइन, तर हात र टाउकोसमेत धोइदिनुहोस्।” येशूले भन्नुभयो, “नुहाइसकेको मानिसले खुट्टाबाहेक अरू केही धुनुपर्दैन किनभने ऊ शुद्ध भएको छ। तिमीहरू त शुद्ध भइसकेका छौ, तर सबैचाहिँ होइन।” आफूलाई कसले पक्राइदिन आँटेको छ, त्यो येशूलाई थाहा थियो। त्यसकारण उहाँले तिमीहरू सबै शुद्ध भइसकेका छैनौ भनेर भन्नुभएको थियो। चेलाहरूको खुट्टा धोइसक्नुभएपछि येशूले खास्टो ओड्नुभयो र फेरि खान बस्नुभएपछि भन्नुभयो, “मैले किन तिमीहरूका खुट्टा धोएको, तिमीहरूले बुझ्यौ? तिमीहरूले मलाई गुरु र प्रभु भन्छौ। यो कुरा ठीक नै हो, म तिमीहरूका प्रभु र गुरु नै हुँ। मैले प्रभु र गुरु भएर पनि तिमीहरूका खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ। मैले गरेजस्तै तिमीहरूले पनि गर भनेर नै मैले नमुना देखाएको हुँ। साँच्चै म तिमीहरूलाई भन्छु, मालिकभन्दा नोकर ठूलो हुँदैन अनि खबर पठाउनेभन्दा खबर ल्याउने पनि ठूलो हुँदैन।