यूहन्‍ना 12:25-26

यूहन्‍ना 12:25-26 सरल नेपाली

त्‍यसै गरी आफ्‍नो जीवनलाई ज्‍यादै माया गर्नेले जीवन गुमाउँछ। तर आफ्‍नो जीवनलाई संसारमा तुच्‍छ ठान्‍नेले चाहिँ त्‍यसलाई अजम्‍मरी जीवनसम्‍म जोगाइराख्‍नेछ। मेरो काम गर्न चाहनेले मलाई पछ्याउनुपर्छ। जहाँ-जहाँ म हुन्‍छु, त्‍यहीँ नै मेरो काम गर्ने पनि हुनेछ। मेरो पिताले मेरो काम गर्नेलाई कदर गर्नुहुनेछ।”

यूहन्‍ना 12 पढ्नुहोस्