YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 11:40-43

यूहन्‍ना 11:40-43 सरल नेपाली

येशूले तिनलाई भन्‍नुभयो, “विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महान् शक्ति देख्‍नेछ्यौ भनेर मैले भनेको होइनँ र?” तिनीहरूले चिहानको मुखबाट ढुङ्गा हटाए अनि येशूले स्‍वर्गतिर हेरेर भन्‍नुभयो, “धन्‍यवाद छ पिता, तपाईंले मेरो बिन्‍ती सुन्‍नुभयो। तपाईंले मेरो कुरा सधैँ सुन्‍नुहुन्‍छ, त्‍यो मलाई थाहा छ। तपाईंले मलाई संसारमा पठाउनुभएको हो भन्‍ने कुरा यहाँ भएका मानिसहरूले विश्‍वास गरून् भनेर म तपाईंलाई यो बिन्‍ती चढाउँदै छु।” यति भनिसकेपछि येशूले ठूलो सोरमा बोलाउनुभयो, “हे लाजरस, बाहिर आऊ।”

यूहन्‍ना 11 पढ्नुहोस्