यूहन्ना 11:40-43
यूहन्ना 11:40-43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले तिनलाई भन्नुभयो, “के मैले तिमीलाई भनेको होइनँ, ‘तिमीले विश्वास गर्यौ भने परमेश्वरको महिमा देख्नेछौ’?” तिनीहरूले ढुङ्गो हटाए। अनि येशूले मास्तिर नजर उठाएर भन्नुभयो, “हे पिता, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि तपाईंले मेरो बिन्ती सुन्नुभयो। मलाई थाहा छ, कि तपाईंले मेरो बिन्ती सधैँ सुन्नुहुन्छ। तर यहाँ उभिएका भीड़को खातिर मैले यो भनेको हुँ, ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरून्।” अनि यो कुरा भन्नुभएपछि उहाँ उच्च सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्की आऊ।”
यूहन्ना 11:40-43 नेपाली समकालीन संस्करण (NCV)
येशूले भन्नुभयो, “विश्वास गर्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछौ भनी मैले तिमीलाई भनेको थिइनँ र?” त्यसकारण तिनीहरूले ढुङ्गा एकातिर हटाइदिए। त्यसपछि येशूले स्वर्गतिर हेरेर भन्नुभयो, “पिता! मेरो विन्ती सुनिदिनुभएको लागि धन्यवाद। तपाईंले मेरो कुरा सधैं सुन्नुहुन्छ भनी मलाई थाहा थियो; तर मलाई तपाईंले नै पठाउनुभएको हो भनी यिनीहरूले विश्वास गरून् भनेर यी वरिपरि उभिरहेका मानिसहरूका कारण मैले यसो भनेको हुँ।” यो कुरा भन्नुभएपछि येशू चर्को सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्केर आऊ!”
यूहन्ना 11:40-43 पवित्र बाइबल (NERV)
तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?” तब तिनीहरूले प्रवेशद्वारको ढुङ्गा हटाई दिए। तब यशूले आफ्ना आँखा उठाउनु भयो र भन्नुभयो, “पिता, तपाईंले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु। म जान्दछु कि तपाईंले सधैँ मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भनें किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाईं पठाउनु भएको हो।” येशूले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, “लाजरस निस्क, बाहिर आऊ!”
यूहन्ना 11:40-43 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले तिनलाई भन्नुभयो, “विश्वास गर्यौ भने तिमीले परमेश्वरको महान् शक्ति देख्नेछ्यौ भनेर मैले भनेको होइनँ र?” तिनीहरूले चिहानको मुखबाट ढुङ्गा हटाए अनि येशूले स्वर्गतिर हेरेर भन्नुभयो, “धन्यवाद छ पिता, तपाईंले मेरो बिन्ती सुन्नुभयो। तपाईंले मेरो कुरा सधैँ सुन्नुहुन्छ, त्यो मलाई थाहा छ। तपाईंले मलाई संसारमा पठाउनुभएको हो भन्ने कुरा यहाँ भएका मानिसहरूले विश्वास गरून् भनेर म तपाईंलाई यो बिन्ती चढाउँदै छु।” यति भनिसकेपछि येशूले ठूलो सोरमा बोलाउनुभयो, “हे लाजरस, बाहिर आऊ।”